दुई मुक्तक

अब बाटो फेरी फेरी हिन्ने बेला भएको छ
सँगै हिन्ने साथीलाई नि चिन्ने बेला भएको छ
सम्झने र सम्झाउने मात्र बॉकी तार छ एउटा
त्यही तार नि रेट्दा रेट्दै छिन्ने बेला भएको छ।


कोही राहदानी बोकेर हिडेका छन्
प्रेमको निशानी बोकेर हिडेका छन्
मेरो शरीरको पूरै देश सुम्पिंदा कोही
मात्र राजधानी बोकेर हिडेका छन्।

सम्बन्धित खवर

Back to top button