लाेक सेवा यसरी पढ्नुहोस्

– प्रश्नपत्र राम्रोसँग पढ्ने । हरेक प्रश्नको हल गर्दा प्रश्नले कस्तो उत्तर खोजेको छ भन्नेमा ध्यान दिने ।
– प्रश्नपत्र हल गर्दा अक्षर जतिसक्दो आकर्षक, सफा बनाउने र केरमेट नगर्ने ।
– उत्तर लेख्दा वाक्य जतिसक्दो छोटो, सरल र भन्न खोजेको विषयलाई प्रस्टसँग प्रस्तुत गर्ने । अनावश्यक शब्द प्रयोग नगर्ने ।
– उत्तर लेख्दा प्रयोग गर्ने शब्दहरू सरल, सामान्य र दोहोरो अर्थ नलाग्ने छनोट गर्नुपर्छ ।
– हरेक प्रश्नमा सुरुमा थोरै परिचय र भाव झल्किने सारांश लेख्नुपर्छ ।
– लेखाइलाई बँुदागत ढंगले प्रस्तुत गर्नुपर्छ । जस्तोसुकै प्रश्न होस्, उत्तर बुँदागत दिन सकिन्छ । तर, बुँदा पूरै वाक्यको हुनुपर्छ ।
– उत्तर दिँदा तथ्यांक, उदाहरण, तुलनात्मक, तर्कगत र कारण र प्रभाव लेख्नुपर्छ ।
– सम्बन्धित विद्वान् वा कसैको भनाइ र तर्क जोडेर उत्तरको पुष्टि र निष्कर्ष लेख्नुपर्छ ।

सम्बन्धित खवर

Back to top button