विचित्रको एक गजल


–धीरु विचित्र
देशलाई छोडेर भाग्यो नभन्नू ।
अनि नौ डाँडा काट्यो नभन्नू ।



यो देश रुँदा त रुन्छु म पनि,
विन्ती छ प्रिया हाँस्यो नभन्नू ।
हिड्दा कसैले धक्का दिए नि,
बाटो उही छ छाड्यो नभन्नू ।
तिम्रो मायाको जालमा परेर,
जिस्कें म थोरै मात्यो नभन्नू ।
देशको विरुद्ध बोल्दा रिसाएँ,
मनमा वैरभाव राख्यो नभन्नू ।
दुःखी गरीवको भन्ने नहुँन्जेल,
क्रान्ति जारी छ थाक्यो नभन्नू ।