प्रहरी र स्थानीयबीचको झडपमा गोली चल्दा एक घाइते

सुनसरी । सुनसरीमा प्रहरी र स्थानीयबीच झडपमा गोली चलेको छ । भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामान जाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली चल्दा एक स्थानीय घाइते भएका छन् ।

नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई जाँच गर्ने क्रममा विवाद हुँदा घटनाले उग्र रूप लिएको स्थानीयले बताएका छन् । त्यहाँ केहीबेर स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । स्थानीयले बताएअनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ ।

गस्ती प्रहरीसँगको झडमा परी सइ चन्द्रकुमार शाक्यको औंमा गोली लागेको सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले नागरिकलाइ बताए । झडपमा एक राउण्ड गोली चलेको उनले बताए ।

सामान जाँचका क्रममा स्थानीले प्रहरीको बन्दुक खोसेको सुनसरी प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार प्रहरीले चलाएको गोली लागि जियाउल मन्सुरी घाइते भएका छन् । उनको हातमा गोली लागेको र उपचारका लागि विराटनगर लगिएको छ ।

सम्बन्धित खवर

Back to top button