satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाल गुटलाई ‘पाखा’ लगाएरै अघि बढ्ने ओलीको तयारी

सत्कार पोष्ट सत्कार पोष्ट
२०७५ चैत्र २४ मा प्रकाशित
389
नेपाल गुटलाई ‘पाखा’ लगाएरै अघि बढ्ने ओलीको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकताले पूर्णता नपाउँदा तल्लो स्तरका नेता तथा कार्यकर्तामा अन्यौलता थपिएसँगै गुटउपगुटको समेत चर्को मतभेद सुरु हुन थालेको छ । अध्यक्षद्वयसँग नजिक मानिएका एक नेताका अनुसार एकीकरणको सम्पूर्ण प्रक्रिया वैशाख पहिलो साताभित्रै टुंग्याउने गरी  काम भइरहेको छ । जसमा वरिष्ठ नेता माधवकुमार नेपाल गुटलाई ‘पाखा’ लगाएरै अघि बढ्ने ओलीको तयारी रहेको पार्टीनिकट स्रोत बताउँछ ।

बिहीबार मात्रै नेपाल पक्षले ३० जिल्लामा आफूनिकट पक्षलाई पार्टीको जिल्ला अध्यक्ष वा सचिव दिनुपर्ने जिकिर गरेका थिए । उनका पक्षधरले जिल्लै तोकेर आफ्ना कार्यकर्ताको सूची नै सार्वजनिक गरेका थिए ।

पार्टी एकीकरणको बाँकी काममा नेपाल पक्षलाई पनि सँगै लिएर जाने मनस्थितिमा अध्यक्ष दाहाल देखिए पनि अर्का अध्यक्ष ओलीमा भने त्यस्तो सोच नरहेको स्रोत बताउँछ ।

नेकपाका शीर्ष नेताबीच सहमति जुट्न नसक्दा पार्टी एकीकरणको बाँकी कामले पूर्णता पाउन सकेको छैन् । यसका लागि केही प्रयास भए पनि जिल्ला तह, भ्रातृ संगठन तथा पार्टीमा रहेका विभिन्न कमिटी एकीकरण बाँकी छ ।
यसको जिम्मा सचिवालय सदस्यलाई दिइए पनि पार्टीका दुई अध्यक्षको अनिच्छाले नै पूर्णता प्राप्त गर्न नसकेको नेकपाका नेता कार्यकताको बुझाइ छ ।

एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएको थियो । तर, एकताको ११ महिना पुग्दा पनि प्रक्रियाले भने पूर्णता पाउन सकेको छैन । यसलाई लिएर पार्टीका नेता कार्यकतामाझ नै असन्तुष्टि बढिरहँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले केही समयअघि वैशाख १० गतेभित्र ‘चमत्कार’ हुने बताएका थिए ।

वैशाख १० गते कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पुग्दै छ । उक्त अवसर पारेर दुई पार्टीको एकीकरणको सम्पूर्ण कामले पूर्णता पाउने प्रधानमन्त्री ओलीले दाबी गरेका थिए ।

पार्टी एकताका बाँकी काम टुंग्याउने जिम्मा सचिवालय र शीर्ष नेतालाई दिएको बताउँदै यसले पूर्णता पाउनेमा नेकपाका नेता अमिक शेरचनले विश्वास व्यक्त गरे ।प्रधानमन्त्री ओली डावोस सम्मेलनमा भाग लिन स्विजरल्यान्ड गएका बेला एकीकरणको थाँती रहेको कामका विषयमा दाहाल र नेपाललगायत नेताको बैठक बस्नुले पनि अध्यक्ष ओली संशकित बनेको बताइन्छ ।

पार्टीलाई पूर्णत एकलौटी ढंगले कब्जा गर्ने गरी समायोजन प्रक्रिया अघि बढाइएको नेकपाकै एक नेताले आरोप लगाए । उनले भने, ‘पार्टीदेखि सरकार सञ्चालनसम्म हाबी हुने प्रक्रियास्वरूप यो आएको हो, यसले पार्टीलाई फाइदा गर्दैन ।’

त्यसो त सरकार सञ्चालनका विषयमा नेकपाका अर्का अध्यक्ष दाहाल पनि सन्तुष्ट छैनन् । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री रवीन्द्र अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको संयुक्त श्रदाञ्जलीसभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीकै सामुन्ने सरकार सञ्चालनका विषयमा आत्मसमीक्षा गर्ने बेला आएको बताएका थिए ।

दाहालनिकट पूर्वमाओवादी केन्द्रीय नेताका अनुुसार एकीकरण प्रक्रियामा नेपाल पक्षलाई चिढ्याउने पक्षमा दाहाल नरहेको दाबी गर्छन् । दाहाल–नेपाल एक भए आफू कमजोर हुने बुझेर प्रधानमन्त्री ओलीले पार्टी एकताको विषयलाई लिएर यो सम्बन्ध (दाहाल–नेपाल) बिगार्न लागिपरेका पनि ती नेताले बताए ।

एकता प्रक्रियामा भएको ढिलाइलाई लिएर पार्टीमा असन्तुष्टि बढ्दै गएपछि गत पुसमा केन्द्रीय समिति बैठकले कार्यदल बनाई टुंग्याउने निर्णय गरेको थियो । कार्यदलले तोकेको समयमा काम गर्न पूरा गर्न नसकेपछि एकताको बाँकी पार्टी सचिवालयमा सार्ने गरी गरी कार्यदल विघटन गरिएको थियो ।

सचिवालयले उक्त प्रक्रिया पूरा गर्ने बताए पनि सचिवालयकै सहमतिमा अध्यक्षद्वयले नै गर्ने सहमति भएको हो । अध्यक्षद्वयले तयार पारेको सूची सचिवालयका अन्य सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत अन्य नेतासँग छलफल गर्ने बताइए पनि हाल अध्यक्ष मात्रैको सहभागितामा समायोजन प्रक्रिया पूरा गर्न लागेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७५ चैत्र २४
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७५ चैत्र २४
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७५ चैत्र २४
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७५ चैत्र २४
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७५ चैत्र २४
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७५ चैत्र २४

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७५ चैत्र २४
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७५ चैत्र २४
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७५ चैत्र २४
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७५ चैत्र २४

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७५ चैत्र २४
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.