satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सकियो भेरी–बबई सुरुङको काम

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
576
सकियो भेरी–बबई सुरुङको काम

सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सकिएको छ । औपचारिक रूपमा ‘ब्रेक थ्रु’ भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

आयोजना प्रमुख सञ्जीव बरालले शुक्रबारसम्म सुरुङको २ मिटर मात्र बाँकी रहेको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूबाट ‘ब्रेक थ्रु’ गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘समय मिल्नेबित्तिकै उद्घाटन हुन्छ ।’ वैशाख ३ गतेका लागि प्रधानमन्त्रीको समय मागिए पनि निश्चित भइनसकेको उनले बताए ।

भेरी–बबई आयोजना टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा निर्मित नेपालको पहिलो र एक मात्र आयोजना हो । १२ हजार २ सय मिटर लामो सुरुङ निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले लिएको छ । उक्त कम्पनीले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि काम सम्पन्न गरेको हो ।

२०७२ जेठ २१ गते सुरुङ खन्न सुरु गरेको कम्पनीको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो । सुरुङ निर्माणको लागत करिब १० अर्ब ५७ करोड रुपैयाँ छ, जुन आयोजनाको कुल अनुमानित बजेटको ३५ प्रतिशत हो ।

बहुउद्देश्यीय आयोजनाबाट भेरीको पानी बबईमा मिसाएर बाँके–बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र सुर्खेत–भेरीगंगा नगरपालिकाको हात्तीसारमा विद्युत्गृह निर्माण गरी ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सुरुङ निर्माणलगत्तै पानी झारिने छैन । २०७६ को माघबाट ८ देखि १० क्युमेक्स (घनमिटर प्रतिसेकेन्ड) पानी बबईमा मिसाइने आयोजना प्रमुख बरालले बताए । विद्युत्गृह नबन्दासम्म वर्षको ६ महिना मात्र भेरीको पानी सुरुङबाट बबईमा मिसाइने उनको भनाइ छ ।

‘भेरीको पानी बबईमा मिसाउँदा माछालगायत जलीय जैविक विविधतालाई कस्तो असर पर्छ हेरिनेछ,’ उनले भने, ‘यसका साथै भेरीको पानीले सिञ्चित हुने खेतबारीमा कस्तो प्रभाव पर्छ भन्ने हेरिनेछ ।’ आयोजना पूरा भएपछि भने भेरीबाट बाह्रै महिना ४० क्युमेक्स पानी बबईमा मिसाइनेउनले बताए ।

दोस्रो चरणको प्रक्रिया सुरु
पहिलो चरणअन्तर्गत पर्ने सुरुङ निर्माणको काम सकिएसँगै आयोजनाले दोस्रो चरणको प्रक्रिया सुरु गरेको छ । यसअन्तर्गत सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान, हाइड्रो मेकानिकल निर्माण तथा जडान रहेका छन् ।

३३ अर्ब १८ करोड लागत अनुमान गरिएको आयोजनाको सबैभन्दा बढी (४० प्रतिशत बजेट) काम सिभिल निर्माणअन्तर्गत छ । १२ अर्ब १० करोडमा हेडवर्क्स, सर्ज साफ्ट र पावरहाउस निर्माणको काम हुने गरी खरिद प्रक्रिया सुरु भइसकेको आयोजना प्रमुख बरालले बताए । उनका अनुसार २०१९ जुलाइबाट काम सुरु हुने गरी हाइड्रो मेकानिकलको पनि खरिद प्रक्रिया सुरु भइसकेको छ । यसअन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माणका काम हुनेछन् । उक्त कामको आर्थिक भार २ अर्ब ८४ लाख (९ प्रतिशत) छ ।

त्यसैगरी २०१९ अगस्टबाट निर्माण सुरु गर्ने गरी इलेक्ट्रो मेकानिकलको पनि खरिद प्रक्रिया सुरु भइसकेको छ । आयोजनाको कुल बजेटको ११ प्रतिशत (३ अर्ब ५१ कराड रुपैयाँ) भार ओगटेको इलेक्ट्रो मेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, स्विच यार्ड निर्माणको काम हुनेछ । आयोजना प्रमुख बरालले २०१९ डिसेम्बरबाट प्रसारणलाइन निर्माण गर्ने गरी खरिद प्रक्रिया सुरु भइसकेको बताए ।

‘हामीले टनेल निर्माणमा सफलता पायौं, यसले उत्साही बनाएको छ,’ उनले भने, ‘अब बाँकी काम कसरी अघि बढ्छ भन्ने छनोट हुने कम्पनीमा भर पर्छ ।’ कार्ययोजनाअनुसार सरासर काम भएमा आयोजनाबाट आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन सुरु हुने उनले बताए ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.