satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

निर्मला र सुनकाण्डको बचाउ गर्दै आइजिपी

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
450
निर्मला र सुनकाण्डको बचाउ गर्दै आइजिपी

काठमाडौं ।  प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले संगठित सुन तस्करीका फरार अभियुक्तहरुलाई देशबाहिरबाट पनि पक्राउ गरेर ल्याउने काम भइरहेको बताएका छन् । प्रहरी महानिरीक्षकको रुपमा एक वर्षे कार्यसमिक्षा सुनाउने क्रममा खनालले संगठित सुन तस्करी रोक्ने काममा कुनै कसुर बाँकी नराखीएको बताएका हुन् ।

प्रहरी प्रधान कार्यालयले २०७५ सालभरीमा ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद गरेको पनि जनाएको छ । अवैध सुनबाट मात्रै प्रहरीले ४५ करोड ४ लाख ६० हजार ६५ रुपैया राजश्व असुली भएको र अवैध सुन ओसारपसारमा १ सय ३७ जना पक्राउ परेको जनाएको छ ।

प्रहरीको कार्यसमिक्षा सुनाउने क्रममा प्रवक्ता एसपी उत्तम सुवेदीले संगठित सुन तस्करीमा संग्लन भरिया र दोस्रो तहका मान्छे समातिएको बताएका थिए । संगठित सुन तस्करीका पहिलो तहका मान्छे किन नसमातिएका भन्ने पत्रकारको प्रश्नमा प्रहरी महानिरीक्षक खनालले विदेशमा बसेर सुन तस्करीमा संग्लन रहेकालाई पनि पक्राउ गर्ने प्रयास भएको बताए ।

उनले गोरे भनिने चुणामणी उप्रेती संग्लन भएर ल्याइएको ३३ किलो सुनको विषयमा भने खुलेर बोलेनन् । प्रहरी महानिरीक्षकले सरकारी समितिले यसमा काम थालेको र आफूहरुले समितिलाई सघाएको बताएपनि तस्करीको सुन हराएको विषयमा थप बोलेनन् ।

यस्तै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन् । २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए ।

नेपाल प्रहरी पारदर्शी र व्यवसायिक भएको खनालको दाबी छ । ‘यहाँ नैतिक ह्रास भएको अवस्थामा प्रहरीले मात्र ठेगान लगाउँछु भन्ने कुरा कतिसम्म जान्छ । तर, लगाउनुपर्छ भन्ने मान्यतामा हामी छौं’, आइजिपी खनालले भने ।

समुदाय प्रहरी साझेदारी राष्ट्रव्यापी सञ्जाल र अपराध रोकथाममा प्रणालीगत सुधार, संगठित र पेशेवर आपराधिक गतिविधि नियन्त्रण, सशस्त्र एबं बिध्वंसात्मक गतिविधिमा प्रभावकारी प्रहरी कारबाही र नियन्त्रणजस्ता काम आफ्नो नेतृत्वमा यो वर्ष भएका उपलब्धी भएको खनालको भनाइ छ ।

‘शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्न नेपाल प्रहरी कटिबद्ध छ । विकासको सन्दर्भमा आइपर्ने हरेक समस्या सटआउट गरेरै अघि बढ्छौं’, उनले भने ।

नेपाल प्रहरीप्रति रहेको नकारात्मक धारणालाई अन्त्य गरेरै छाड्ने खनालको दाबी छ । ‘नेपाल प्रहरीमा यस्तै थियो भनेर आउने नकारात्मक धारणालाई हामी न्यून होइन, जिरो बनाउन चाहन्छौं’, आइजिपी खनालले भने । मुलुकको शान्ति सुरक्षामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खेलेको भूमिका आ–आफ्नो ठाउँमा महत्वपूर्ण भए पनि खनाल भने आफू र आफ्नो संगठन अघिल्लो पंक्तिमै रहेको दाबी गरे ।

निर्मला पन्त प्रकरण, ३३ किलो सुन काण्ड तथा रामबहादुर बम्जन प्रकरणबारे उनले अनुसन्धानको दायरा र जिम्मेवारीको विषय देखाएर बचाउ गर्दै सन्तोषजनक उत्तर दिएनन् ।

सुरक्षा क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि, विशिष्टिकृत अनुसन्धान इकाईहरुको स्थापना, प्रभावकारी प्रहरी परिचालनद्वारा कानून र व्यवस्था कायम, नयाँ मुलुकी अपराध संहिताको वस्तुनिष्ठ कार्यान्वयन, सांगठनिक व्यवस्थापनमा सूचना प्रविधिको विकास, प्रभावकारी ट्राफिक व्यवस्थापन र विपद् उद्धार आर्थिक अनुशासन र आन्तरिक सुपरीवेक्षण प्रणालीमा प्रभावकारिता प्रहरी संगठनले यो वर्ष आफ्नो नेतृत्वमा गरेका मुख्य कामको रुपमा खनालले चित्रण गरेका छन् । महानिरीक्षक खनालले नेपाल प्रहरी पूर्ण रुपमा पारदर्शी हुन चाहेको बताए ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.