satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्रदेश ५ काे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
420
प्रदेश ५ काे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

बुटवल ।   प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम बिहीबार अपराह्न प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा प्रदेशको पहिलो पञ्चवर्षीय योजनामा आधारित नीति तथा कार्यक्रम कार्यक्रम प्रस्तुत गरेका छन् ।  प्रदेश सरकारको वार्षिक बजेटको झझल्को आउने गरि प्रस्तुत गरिएको १ सय ६८ बुँदे निति तथा कार्यक्रमले कृषि, पर्यटन, सडक तथा सौर्य विद्युतलाई प्राथामिकतामा राखेको छ ।  प्रदेश सभाको वजेट अधिवेशनको दोस्रो सभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख उमाकान्त झाले चालु आर्थिक वर्षमा विकास निर्माण कार्यलाई अघिबढ्न सक्ने परिस्थितीको निर्माण भएको बताए ।  प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा आधारित रहेर ल्याइएको भनिएको नीति तथा कार्यक्रमले उच्च आर्थिक वृद्धीदर हासिल गर्दै समृद्धीको यात्रा तय गर्ने प्रमुख लक्ष्य बनाएको छ ।  यद्यपि नीति र कार्यक्रम प्रस्तुत गरेका प्रदेश प्रमुख झाले प्रदेश सरकारले हाँसिल गर्न चाहेको आर्थिक वृद्धिदरको आकारबारे बोलेनन् ।  पुराना घोषित कार्यक्रम तथा योजनाहरूको जोडजाड जस्तो देखिने नीति तथा कार्यक्रममा सरकारका प्राथमिकता भन्दा झिनामसिना र नियमित कामलाई नै निरन्तरता दिएको देखिएको छ ।

नीति तथा कार्यक्रमले चालु आर्थिक बर्षमा सम्पन्न हुन नसकेका कार्यक्रमहरुलाई नै निरन्तरता दिदैं केही नयाँ कार्यक्रमहरुको प्रस्ताव गरेको छ ।  कार्यक्रमले आगामी ५ वर्षमा ३ सय मेगावाट सौर्य विद्युत उत्पादन गरिने लक्ष्य राखेको छ ।  यसका लागि आगामी वर्षदेखि सम्भाव्यता अध्ययन गरि उत्पादन कार्यको थालनी गरिने बताईएको छ ।  त्यस्तै कार्यक्रमले बहुद्देश्यीय नौमुरे परियोजनालाई प्रदेश मातहत ल्याउने संकेत गरेको छ ।  बैदेशिक लगानीको प्रवर्धन गर्न प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने देखि लिएर प्रस्तावित महानगर क्षेत्रका नजिकका क्षेत्रलाई स्याटेलाइट सहरका रुपमा विकास गर्नेसम्मका कार्यक्रमको नालीबेली नीति तथा कार्यक्रमले समेटेको छ ।  प्रदेशमा संचय तथा लगानी कोषको स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने कार्यक्रम पनि समावेश गरिएको छ ।  नयाँ कार्यक्रम मध्य एक निर्वाचन क्षेत्रमा एक औद्योगिक क्षेत्र निर्माण गर्ने देखि कृषि कर्मी रोजगार कार्यक्रमहरु रहेका छन् ।  किसानलाई आकर्षित गर्न नसकेको भनिएको करार खेति कार्यक्रमलाई परिमार्जनसहित सञ्चालन गरिनेसमेत उल्लेख गरिएको छ ।  ‘एक गाउँ एक उत्पादन कार्यक्रम र एक पालिका एक शीतभण्डार’ योजना अन्तर्गत यस वर्ष ३५ वटा पालिका छनौट गरी शीतभण्डार निर्माणको कार्य अगाडि बढाइने पनि कार्यक्रममा समावेश गरिएको छ ।  नीति तथा कार्यक्रमले निर्माणाधीन विकास परियोजनालाई सम्पन्न गर्दै चर्चामा रहेका केही परियोजना निर्माणको थालनी गर्ने संकेत गरेको छ ।  कार्यक्रमले तीन वर्षमा बाँकेमा प्रस्ताव गरिएको मान सरोबर आकारको पार्क निर्माण सम्पन्न गर्ने र स्वर्गद्वारीमा केबुलकार निर्माण गर्न नीजि क्षेत्रलाई पहल गरिने उल्लेख गरेको छ ।  कार्यक्रममा सय वर्षभन्दा पुराना सम्पदाहरूलाई ऐतिहासिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने कार्यक्रमहरु समावेश छन् ।

लुम्बिनी प्रादेशिक अस्पताललाई बिशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने र प्रदेशका अन्य प्रदेशिक अस्पतालहरुमा विषेशज्ञ सेवाहरुको विस्तार गर्ने जस्ता कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको छ ।  रुकुम पुर्वमा जिल्ला अस्पताल संचालन गरिने कुरा समावेश गरिएका छन् ।  प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम २० गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति वीद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको निती तथा कार्यक्रमसँग मेल खान गएको जस्तो भान हुन्थ्यो ।  प्रदेशसभामा प्रस्तुत भएको कार्यक्रमले संघीय सरकारको जस्तै हुलाकी राजमार्गको निर्माण सम्पन्न गर्नेदेखि लिएर श्रमीकको न्यूनतम ज्यालाको मापदण्ड निर्धारण गर्ने सम्मका हुबहु कार्यक्रमलाई समेटेको छ ।  ‘सीपयुक्त महिला आत्मनिर्भरतामा पहिला’ भन्ने नारासहित यो वर्ष २ हजार हिलालाई विभिन्न सीपमूलक तालिम संचालन गरी टेवा पूँजी प्रदान गरिने कार्यक्रममा समावेश गरिएको छ ।  बातावरण, खानेपानी तथा सरफाईका बारेमा प्रदेशले प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्दै प्रत्यक जिल्लामा फोहरमैला प्रशोधन केन्द्र बनाउन सम्भाव्यता अध्ययन गरिने भनिएको छ। केही नयाँ कार्यक्रम बाहेक कृषि र पर्यटनमा चालु आर्थिक बर्षका कार्यक्रमहरूलाई नै निरन्तरता दिने संकेत नीति कार्यक्रमले गरेको छ ।  चालु वर्षमा जस्तै आगामी वर्षमा पनि थप युवालाई रोजगारी सिर्जना गरिने कार्यक्रमहरु समावेश छन् । चालु आर्थिक वर्ष र पुराना नीति तथा कार्यक्रममा परेर कार्यान्वयन नभएका प्रस्तावहरूलाई आगामी वर्षको नीति तथा कार्यक्रमले पनि स्वाभाविक रूपमा दोहोर्‍याएको छ ।  व्यवसाय गर्न सजिलो बनाइने, औद्योगीकरणलाई प्राथमिकता दिने, खानीजन्य पदार्थको उत्खनन गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, कृषिको आधुनिकीकरण र यान्त्रीकरण गर्ने, सिंचाइको विकास गर्ने, आधारभुत खानेपानीको आपूर्ति, वन व्यवस्थापन, वैज्ञानिक भूमिसुधार, कर्मचारीको पदपुर्ती जस्ता अघिल्ला वर्षमा समेटिएका नीति तथा कार्यक्रम यो पटक पनि छुटेका छैनन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.