रवि लामिछाने बोले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको घटनाबारे
काठमाडाैं । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काईएको खबर पाएपछि रवि लामिछाने त्यसको विरूछ बाेलेका छन् । आज विहान केहि ब्यक्तिहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काएका थिए । उक्त कार्य निन्दनीय भएको भन्दै लामिछानेले गतिलो झापट हुनेगरी फेसबुकमा स्ट्याटस समेत हालेका छन् ।
स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार लगाएत केहि संरचना भत्काइदिएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् । ती ब्यक्तिहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएको जनाएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।
यो घटनाको कलाकार पत्रकार सबैले बिरोध जनाउदै सत्य-तथ्य पत्ता लगाई दोषीमाथि कानुनी कार्वाही गरियोस भनेका छन्।
चर्चित पत्रकार रवी लामिछानेले यो घटना बारे बिरोध जनाउदै लेखेका छन्ः
“राज्यले गर्नुपर्ने रंगशाला निर्माण एक कलाकार जोडिले गर्दापनि नसहनेहरुले निर्माण स्थलमा डोजर चलाएछन। यस्ता गुन्डागर्दी गर्नेहरु माथि कडा कार्वाही होस्। त्यो भन्दापनि ठुलो कुरा धुर्मुस सुन्तलीको हौसला एक रति नडगमगाओस। पर्खाल भत्किएर के भो र शाहस र हिम्मत नभत्किए रंगशाला बन्छ बन्छ। झन धेरै समर्थन र अझै धेरै साथ धुर्मुस सुन्तलीलाई।”