काठमाडौं : काभ्रेको बनेपामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर बनेपा नगरपालिका वडा नम्बर ३ नाला निवासी रामप्रसाद दंगाल श्रीमती ५५ बर्षिया गोमा दंगाल र ७ बर्षिया नानिति सोहनी दंगालको ज्यान गएको हो ।
पहिरोमा पुरिएर अन्य तिनजना घाइते भएकोमा उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार बिहिबार देखिको अविरल वर्षाका कारण काभ्रेका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ भने विभिन्न स्थानमा पहिरोले सवारी अवरुद्ध हुन पुगेका छन् ।