घाँसकाे भारीसँगै बाढीले बगाएर एक बृद्धा बेपत्ता

काठमाडौं : शुक्रबार बिहान रातो खोलामा आएको बाढीले घाँस काटेर फर्किने क्रममा एक वृद्धलाई बगाएको छ । महोत्तरीको रातो खोलामा आएको बाढीले घाँस काटेर घर फर्किने क्रममा बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई बगाएको हो ।

बुधबार देखिको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको र सोहि क्रममा जंगलबाट फर्किएका बैठालाई खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार खोला तर्ने क्रममा वृद्ध हराएको खबर पाउनासाथ प्रहरीको टोलि खोजिमा खटिएको छ भने अन्य स्थानका बाढी र पहिरो प्रभावितको उद्धारमा समेत सुरक्षाकर्मी खटाईएको छ ।

सम्बन्धित खवर

Back to top button