छवि-शिल्पा विरुद्ध पक्राउ पूर्जी जारीः घटनाले यसरी लियाे फरक माेड

काठमाडौं : फिल्म निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। बहुविवाहको उजुरी परेपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

छविकी पहिलो पत्नी हेमा ओझाले बहुविवाहको उजुरी गरेपछि बहुविवाहकाे कसूरमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको हो। दुवैलाई पक्राउ गर्न पूर्जी जारी गरिएको एसएसपी सुवेदीले बताए। ‘वहुविवाहको कसुरमा उहाँहरु दुवैविरुद्ध प्रकाउ पुर्जी जारी गरिएको छ’, उनले भने।

केही दिन अगाडी निर्माता छविकी जेठी श्रीमती हेमाले गौशला प्रहरी वृतमा पुगेर शिल्पाविरुद्ध पनि बहुविवाहको उजुरी दिएकी थिइन्। उता शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध केही साताअघि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्।

त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी हुन् । हेमाले बहुविवाहको उजुरी दिएपछि छवि-शिल्पाको विवाद र सम्बन्धले नयाँ मोड लिएको छ।

सम्बन्धित खवर

Back to top button