आफै न्यायधीश बन्ने युट्युबर र अनलाइन पाेर्टलमा माथि निग’रानी

काठमाडौं : नेपाल प्रहरीले आफै न्यायधीश बन्ने युट्युबर र अनलाइन पाेर्टलमा माथि निग’रानी बढाएकाे  छ । घटनालाई ताेडमाेड गरी अनुस’न्धानलाई नै प्रभा’वति गराउने भएकाेले आफै न्यायधीश बन्ने युट्युबर र अनलाइन पाेर्टल माथि नि’गरानी बढाएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार  चितवनको कंगारु होटलमा साउन २० गते मृ’त भेटिएका सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्मह’त्या प्रक’रणको अनुस’न्धान ‘सोसल मिडिया ट्रा’यल’ को कोपभा’जनमा पर्ने खत’रा बढ्न थालेको छ । यो घटनामा खासगरी ‘युट्युब ट्रा’यल’ को ग’म्भीर ख’तरा बढेको छ ।

‘सोसल मिडिया ट्रा’यल’ अहिले विश्वभरिको न्यायालय एवं न्यायिक प्रक्रियामाथिको चु’नौतीको विषय हो । अदालतले निरु’पण गर्नुपर्ने कुनै पनि मु’द्दा मामिलालाई फेसबुक, ट्विटर वा युट्युब लगायतका सामाजिक सञ्जालमार्फत प्रभा’वित बनाउने वा अदालत बाहिरैबाट दो’षी–निर्दो’षी छि’नोफानो गर्न खोज्ने कार्यलाई ‘सोसल मिडिया ट्रा’यल’ भनेर बुझिन्छ ।

हुनत न्यायालयका अधिकारीहरु अफिसियल एवं परम्परागत मिडियाहरुले पनि कहिलेकाहीँ ‘मिडिया ट्रा’यल’ गर्ने गरेको गु’नासो गर्छन् । तर, पछिल्लो समय औपचारिक एवं परम्परागत मिडियाले भन्दा ‘अनअफिसियल मिडिया’ ले अप’राध अनु’सन्धान र न्याय निरुप’णलाई प्रभावित बनाउन थालेका छन् ।

नेपालमा पछिल्लोसमय कुनै अप’राधको घटना हुनासाथ ‘सोसल मिडिया ट्रा’यल’ सुरु हुन थालेको भन्दै सरोकारवालाहरुले चि’न्ता जनाएका छन् । परम्परागत मिडिया पुग्न नसकेको ठाउँमा पनि युट्युबरहरुको बाक्लो उपस्थिति हुने र वैयक्तिक घटनालाई समेत सार्वजनिकीकरण गर्न थालिएको छ । आम मानिसले कुन औपचारिक मिडिया हो र कुन हैन भनेर छुट्याउन नसक्दा भ्र’म फैलँदो छ ।

यसअघि निर्मला ह’त्या प्रक’रणमा अदालतले कसैलाई दो’षी ठहर नगरिकन को अप’राधी हुन् र को नि’र्दोष हुन् भन्दै कतिपयले सामाजिक सञ्जाल र ब्लगमार्फत ‘सोसल मिडिया ट्रा’यल’ सुरु गरेका थिए । अहिले शालिकराम पुडासैनीको आत्मह’त्या र रवि लामिछानेको गिर’फ्तारीलाई लिएर त्यो भन्दा आ’क्रामक शैलीमा ‘सोसल मिडिया’ ट्रा’यल सुरु भएको छ ।

चितवनमा अहिले युट्युबरहरुको भी’ड लागेको छ । साथसाथै तिनै युट्युबले हा’इलाइट गरेर सेलिब्रेटी बनाएका व्यक्तिहरु समेत भरतपुरमा डे’राडण्डासहित भेला भई को दो’षी हो र को नि’दोर्ष हो भन्ने सडकबाटै घो’षणा गरिररहेका छन् ।

कुनै पनि घटनामा को दो’षी हो र को निर्दो’ष हो भनेर निरु’पण गर्ने काम अदालतको हो । तर, सामाजिक सञ्जालमा फोटोसपको प्रयोग गरेर भ्रा’मक सूचनाहरु दिने र अदालतलाई प्र’भाव पार्ने कस’रत भरतपुरबाट भइरहेको छ ।

यतिसम्म कि मृ’त्युपूर्व रेकर्ड गरेको भिडियोमा मृ’तक शालिकराम पुडासैनीको आँखाभित्र अर्को मानिसको तस्वीर देखियो, त्यसैले उनको आत्मह’त्या नभएर ह’त्या नै हो भन्ने प्रचार सामाजिक सञ्जा’लमा व्यापक भयो । त्यस्तै कश्मिरको घा’इतेको तस्वीर जोडेर शालिकरामको शवमा नी’लडाम देखिएको प्रचा’रबाजी पनि यसवीचमा भयो ।

यी सबै क्रियाकलापहरु निश्पक्ष अनुसन्धानलाई प्रभा’वित बनाउने र अदालतले गर्नुपर्ने काम सडकबाटै गराउन खोज्ने ‘सोसल मिडिया ट्रा’यल’ का भ’द्दा नमूना हुन् ।

सोसल मिडियामा आउने जथा’भावी गतिविधिले मानिसलाई कस्तो प्रभाव पार्न सक्छ भन्ने सानो दृष्टान्त म्यानचेस्टर सीटीका फुटबलर चेड इभान्समाथि लागेको बला’त्कारको मु’द्दाको घट’नालाई लिन सकिन्छ ।

सन् २०१२ ताका चेडमाथि एक १९ वर्षे युवतीलाई बला’त्कार गरेको आ’रोप लाग्यो । अदालतले युवतीको नाम गो’प्य राखेको थियो । तर, इमान्सका समर्थकहरुले ती युवतीको नाम र तस्वीर सार्वजनिक गरिदिए । सोसल मिडियामा पहिचान खुलेपछि युवतीले लु’क्नुपर्‍यो । फलस्वरुप धेरैले थप मु’द्दा मामिलाको सामना गर्नुपर्‍यो । तथापि आ’रोप लागेको र जेल परेको लगभग ५ वर्षपछि सन् २०१६ मा फुटबलर चेड अदालतबाट निर्दो’ष सावित भइसकेका छन् ।

चितवनमा ‘युट्युब ट्रा’यल’को अभ्यास

पछिल्लो समय नेपालमा युट्युबरहरुको सक्रियता बढेको छ । देशको कुनै पनि भागमा ह’त्या–हिं’साका घटना हुनासाथ युट्युबरहरुको ध्यान खिचिने गरेको छ । यसअघि पथरीमा एक महिला मृ’त अवस्थामा फेला परेको विषयलाई युट्युबरहरुले निकै हाइलाइट गरे । अनावश्यक नातागोतालाई समेत युट्युबमा ल्याएर रु’वाए । मृ’तकका निकै टाढाका परिवार, नातागोता आफन्तसँग भिडियोवार्ता गर्न भ्याए । अन्तरवार्ता दिनेले पनि अफिसियल मिडियालाई जस्तै गरी अन्तरवार्ताहरु दिए ।

त्यस्तै, पाँचथरमा परिवारैको नरसं’हार हुने गरी भएको ह’त्याको घटनामा पनि औपचारिक मिडिया, पत्रपत्रिका वा टेलिभिजनभन्दा अनौपचारिक मिडियाहरुको कभरेज व्यापक देखियो । त्यस्ता घटनामा औपचारिक सञ्चार माध्यमको कभरेज क’मजोर देखियो । सो घटनामा पनि ‘युट्युब ट्रा’यल’ को प्रयास भयो । एकजनाले मात्रै सो ह’त्या गरेको हैन भनेर स्थापित गराउने प्रयास भयो ।

अघिल्लो महिना चितवनमा क्रिकेट रंगशालाको बार स्थानीयले भत्का’एपछि आ’त्तिँदै घट’नास्थलमा पुगेकी कुञ्जना घिमिरे (सुन्तली) लाई युट्युबरले फेला पारे । घिमिरेको आ’क्रोशित अभिव्यक्ति भाइ’रल भएपछि उनी वि’वादमा परिन् र तना’बसमेत झे’ल्नुपर्‍यो । अहिले कुञ्जनाले युट्युबर र औपचारिक मिडियाको फरक छुट्याउन थालेकी छिन् ।

केही साताअघि कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई युट्युबरहरुले काठमाडौं प्रहरी परि’सरमा फेला पारे । जग्गा किन्ने बा’हानामा पैसा खाएर फ’रार भएकी एक महिलालाई प’क्राउ गरिदिन आग्रह गर्दै मीना प्रहरीसमक्ष पुगेकी थिइन् । तर, पैसा गुमा’एर तना’वमा परेकी मीनालाई युट्युबरहरुले प्रहरी परि’सरमै घे’राहालेर चलचित्रको अभिनय गरेर देखाउन भने । मीनाले त्यहीँ वकीलको अभिनय गरेर देखाइन् ।

यसैवीच पछिल्लो श्रृंख’लाका रुपमा चितवनमा रवि लामिछाने थुनिएपछि काठमाडौंका युट्युवहरु क्यामेरा लिएर दैनिक अपडेटमा जुटेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रक’रणमा गिर’फ्तार भएका लामिछानेको पक्षमा वका’लत गर्न र प्रहरी प्रशा’सन एवं नेताहरुलाई गा’ली गर्न केही ‘भाइ’रल म्यान’ हरु पनि चितवनमा पुगेका छन् । ती ‘सेलिब्रेटी’ र युट्युबरहरु एक–अर्काका परिपूरक हुन्– जसले निश्पक्ष न्यायलाई प्रभावित पार्ने जमर्को गरिरहेका छन् । प्रहरी प्रशासनविरु’द्ध अनास्था बढाउने र आ’न्दोलन भ’ड्काउने खालका अभिव्यक्ति दिइरहेका छन् ।

रवि लामिछानेको गिर’फ्तारी न्यायिक निरु’पणको विषय भएकाले चितवनमा कार्यरत टेलिभिजन एवं दैनिक पत्रिका जस्ता औपचारिक मिडियाहरुले ‘इ’भेन्ट’ बाहेक अन्य विषयलाई धेरै महत्व दिएको पाइँदैन । तर, युट्युबरहरुले भने सूचनामात्रै होइन आफैं न्यायाधीश बनेर दो’षी यो हो, निर्दो’ष यो हो भन्दै फै’सलासमेत सुनाइरहेका छन् ।

पछिल्लो ५ वर्षको ‘ट्रे’न्ड’

नेपालमा आमसञ्चार माध्यमका लागि पछिल्लो ५ वर्षे अवधि शी’घ्र परि’वर्तनशील देखिएको छ । सुरुवातमा समाचारमूलक अनलाइन पोर्टलहरु खोल्ने क्रम तीब्र बन्यो । साप्ताहिक पत्रिकाका अधिकांश सञ्चालक अनलाइनतिर लागे ।

थोरै लगानीमा ‘गुगल एड’ लगायतका विज्ञापनजन्य सागाग्री पनि पाइन थालेपछि ‘वेव पोर्टल’मा आकर्षण ह्वा’त्तै बढ्यो । इन्टरनेटमा पाठक बढ्दो पहुँचसँगै ‘एक व्यक्ति, एक अनलाइन’कै रुपमा यसको विकास हुन थाल्यो ।

सुरुमा मूलधारका पत्रपत्रिका र अनलाइनले समाचार सामग्री हुबहु क’पी–पे’स्ट गरिने सम’स्याको सा’मना गर्नुपर्‍यो । केही सञ्चार माध्यमले सूचना नै जारी गरेर समाचार सामाग्री सा’भार न’गर्न आ’ग्रह पनि गरे । कतिपयले वेव पेजको अक्षरलाई ‘क’पी प्रो’टेक्ट’ गरे ।

फेसबुकले ‘इन्स्टान्ट आर्टिकल’ मा पनि विज्ञापनका दिन थालेपछि नेपालमा युट्युब च्यानलहरुमा अ’श्लील र भ्रा’मक सामग्री प्रकाशन/प्रशारण हुन थाल्यो । फलतः त्यस्ता च्यानलहरुमा प्रहरीले निग’रानी बढायो ।

सामाजिक सञ्जालको ती’ब्र प्रयोगसँगै फेसबुकभन्दा बढी युट्युबमा नेपाली दर्शकको चा’प बढ्यो । योसँगै अ’श्लिल भिडियो लगायतका अपाच्य सामग्री अपलोड गरेर आर्थिक लाभ लिनेको ज’मात पनि देखियो । जसको निय’मन र नि’यन्त्रण गर्नु चुनौ’तीपूर्ण बनिसकेको थियो ।

सन् २०१८ एप्रिलमा युट्यबुले अ’श्लिल सामग्रीप्रति क’डाइ गर्दै ८३ लाख भिडियो डि’लिट गरेको जनाएको थियो, जसमा केही ‘स्पा’म’ भिडियो पनि थिए । नेपाल प्रहरी पनि अ’श्लील भिडियो र अन्तरवार्ताविरु’द्ध आ’क्रमक रुपमा प्रस्तुत भयो ।

काठमाडौं प्रहरी परिसर, टेकुले सामाजिक म’र्यादामा ख’लल पुर्‍याउने किसिमका उ’त्तेजक र अ’श्लील सामग्री युट्युबमा राखेको आ’रोपमा ५ चैतमा तीनजनालाई प’क्राउ गर्‍यो । फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानसहित अन्तवार्ता दिने परि तामाङलाई पनि प’क्राउ गरिएको थियो ।

जब प्रहरीले युट्युबमा अ’श्लील सामग्री राख्नेविरु’द्ध विद्युतीय का’रोबार ऐन अन्तरगत मु’द्दा चलाउन थाल्यो, युट्युबमा भद्दा सामग्री राख्ने क्रम विस्तारै घट्यो भने केही व्यवसायिक र पहुँचवाला युट्युबरले चलचित्र क्षेत्रका सेलिब्रिटीसँग अन्तरवार्ता लिने क्रम चल्यो ।

तर, यसमा सीमित व्यक्तिको मात्र पहुँच भएकाले विभिन्न अनलाइनमा प्रकाशित समाचार सामाग्रीलाई वाचन गरेर फोटो जोड्दै भिडियो प्रस्तुत गर्ने क्रम पनि देखियो । जब सञ्चारमाध्यमले त्यस्ता सामग्रीमा प्रतिलिपि अधिकार दाबी गर्दै ‘क’पीराइट क्ले’म’ गर्न थाले, त्यसपछि विस्तारै समाचार वाचन गर्ने क्रम पनि पातलियो । युट्युब च्यानलमा तीन पटकभन्दा बढी ‘कपीराइट क्ले’म’ भयो भने मनिटाइजेसन खारेज हुने प्रा’वधान छ ।

त्यसमाथि युट्युबले ‘मनिटाइजे’सन नीति’ परि’वर्तन गरेर भिडियोको गुणस्तर पनि हेर्न थालेसँगै अहिले युट्युबरको ध्यान अहिले अप’राधका घट’नातिर मोडिएको छ ।

राम्रो भ्यूअर्स पनि पाइने, प’क्राउ पनि नपरिने र प्रशस्तै विषय पनि हुने भएकाले अप’राधस्थलमै पुगेर जे देखियो, त्यही सामग्री पोष्ट गर्ने क्रम अहिले बढेको छ । वेवसाइटमा अ’श्लील सामाग्री प्रकाशन प्रसारणमा क’डाइ गरिएसँगै त्यो जमात युट्युबमा ‘क्रा’इम रिपोर्टिङ’ गर्नतिर स’रेको छ । समाचारमूलक सामग्रीको भिडियो बनाएर युट्युबमा अपलोड गर्ने क्रम बढ्दै गयो ।

जस्तैः पाँचथरमा ७ जेठमा भएको एकैपरिवारको ९ जनाको ह’त्या प्रक’रणमा मूलधारका सञ्चारमाध्यम र टेलिभिजनभन्दा पहिले यूट्यबुर अप’राधस्थलमा पुगे । ललितपुरमा २६ वैशाखमा म्यूजिक कम्पोजर उ’ज्जवल महतले बुहारीको विभ’त्स ह’त्या गरेको घटनामा पनि युट्युबर नै अगाडि देखिए ।

देशको जुनसुकै ठाउँमा कुनै पनि घटना हुने वित्तिकै युट्युबरको भि’ड त्यसतर्फ लाग्ने गरेको देखिन्छ । अहिले पत्रकार शालिग्राम पुडासैनी आत्मह’त्या प्रक’रणमा युट्युबरको ध्यान केन्द्रित रहेको देखिएको छ ।

युट्युबको ट्रेन्डिङ (सर्वाधिक हेरिएको) सूचीमा रहेका ५० भिडियो मध्ये ३१ वटा रविकै विषयमा केन्द्रित भिडियो रहनुले पनि यसको पुष्टि गर्छ । भिजिटर बढाउने चटा’रोमा युट्युबरले केही पात्रलाई समेत चर्चित बनाएका छन् ।

जस्तैः ट्रेडिङ नं. ३ मा रहेको भिडियोमा रवि लामिछानेको खुलासा माताले गरिन् भन्ने शीर्षकमा सरु आचार्य नामक महिलाको अन्तरवार्ता प्रस्तुत गरिएको छ । जसलाई ४ दिनमा करिब पाँच लाखले हेरिसकेका छन् ।

भूकम्प जाँदैछ भनेर अप’वाह फैलाएको आ’रोपमा २१ जेठमा प’क्राउ परेका ज्योतिषी भनिने अर्जुन क्षेत्रीको पनि लामिछाने प्रक’रणमा अन्तवार्ता लिइएको भेटिन्छ ।

ओएस नेपाल न्यूज नामक च्यानलबाट ‘रवि लामिछानेको भित्री प्रमाणसहित अर्जुन क्षेत्री मिडियामा, फेरि गरे ड’र लाग्दो भविष्यवाणी’ शीर्षकमा राखिएको भिडियो अहिले १३ नं. टे्डिङमा छ । यही विषयमा पुन्य गौतम र दिलनिशानी मगरबीचको कुराकानी पनि दुई दिनमा झण्डै ३ लाखले हेरिसकेका छन् ।

एक दिनअघि नेपाल अपडेट च्यानलबाट अपलोड गरिएको ‘रवि लामिछानेबारे काली माताको सनस’नीपूर्ण खुलासा, ठूलै मान्छेको हात छ’ शीर्षकको भिडियो पनि ६ लाख बढीले हेरेका छन् । जसमा ‘ह’त्यारा चितवनकै…’ भन्ने थम्बनेल राखिएको छ ।

गुड टीभी नामक च्यानलबाट ‘प्रचण्डले रि’स फेर्न रविलाई फसा’एको खुलासा, चितवनका एसपी प्रचण्डको भूपू ब’डिगार्ड, सबै योजनाको पर्दा’फास’ शीर्षकमा हालेको भिडियो हेर्नेको संख्या पनि ४ लाख पुग्न लागेको छ ।

यसका साथै, ‘रमेश प्रसाईं गर्जिए, स’जायँ हुनुपर्छ’, ‘म’रेको बनाउन मा’रेर झु’ण्ड्याइएको साथीको आ’रोप, ह’त्यारा नै तो’कियो’, ‘पेटमा र’डै र’डको डा’म भएको खुलासा’ जस्ता शीर्षकमा उ’त्तेजक सामाग्री पनि हालिएका छन् ।

अनु’सन्धान अधिकारीको चिन्ता

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दानबहादुर मल्ल अफ’वाह फैलाउने किसिमले राखिएका यस्ता भिडियोले भी’डलाई उत्ते’जित बनाउने काम गरेको बताउँछन् ।

‘ती भिडियोले दो’षी पत्ता लगाउन वा क’सूर नगरेका व्यक्तिलाई तथ्यले निर्दो’ष साबित गराउने कुरामा पनि प्र’भाव पार्छ’, प्रहरी उपरीक्षक (एसपी) मल्लले भने, ‘अहिले जसरी सर्वसाधारणलाई शं’का उ’त्पन्न गराउने किसिमले भिडियो राखिएका छन्, त्यसले अनुस’न्धानलाई बा’धा पुर्‍याउन सक्छ ।’

तर, अनुस’न्धान अधिकृतले कुनै पनि कुरामा आ’ग्रह, पूर्वा’ग्रह नराख्ने बताउँदै मल्लले भने, ‘निर्दो’ष मान्छे फस्नुहुँदैन र दो’षी छुट्नुहुँदैन भन्नेमा हामी पनि स’चेत छौं ।’ उनले भिडलाई उत्ते’जित पार्ने खालको अफ’वाह फैलाउनेविरु’द्ध कानूनी का’रबाही गरिने पनि बताए ।

विज्ञ भन्छन्– युट्युबर पत्रकार होइनन्

पत्रकारिताका विज्ञ प्राध्यापक पी खरेल सामाजिक सञ्जालमा आएका विषयको दो’ष मूलधारको पत्रकारितालाई लगाउने क्रम देखिएको भन्दै चिन्ता व्यक्त गर्छन् ।

‘द’र्ता नभएका ब्लग, वेवसाइट वा युट्युब च्यानल लगायतले बिगारेको कुरामा मूलधारका सञ्चार माध्यमलाई दो’ष दिन थालिएको छ, यसप्रति अगुवाहरु स’चेत हुनु आवश्यक छ’, खरेल भन्छन्, ‘एक सर्वेक्षणले अमेरिकामा ७० प्रतिशत जनताले समाचारमा विश्वास गर्दैनन् भन्ने देखाएको थियो । नेपालमा पनि यस्तै स्थिति रहने हो भने यहाँ ढुंगै लिएर जनता आउँछन् ।’

प्राध्यापक खरेलले द’र्तै नभएका ब्लग, युट्युवजस्ता माध्यमहरु पत्रकारिताभित्रै नपर्ने बताए । तर, दर्ता हुँदैमा जेजे लेखिन्छन्, त्यो सिद्धान्तभित्रै पर्छ भन्न पनि नहुने खरेल बताउँछन् । ‘दर्ता भएकाको हकमा विस्तृतरुपमा आचा’रसंहिता बनाउनु आवश्यक छ’, खरेलले भने, ‘यसमा स’शक्त प्रेस काउन्सिल वा मिडिया काउन्सिलले भूमिका खेल्नुपर्छ ।’

‘विगत कैयौं वर्षदेखि काउन्सिलमा पार्टीका मान्छे राख्ने क्रमलाई पनि रोकिनुपर्छ’, खरेलले भने, ‘अझ यसमा सक्रिय पत्रकार पनि राखिनुहुन्न । किनकि, वर्गीकरण गर्ने अधिकार पनि काउन्सिललाई हुने भएकाले स’क्रिय पत्रकार काउन्सिलमा राखिनु हूँदैन ।’

यसमा पत्रकार महासंघसहित दलका भातृ संगठन पनि सजग भएर लाग्नुपर्ने उनी बताउँछन् । ‘स्थापित सञ्चार संस्था चला’यमान भएनन् भने विश्वसनीयता घ’ट्दै जान्छ’, खरेलले अगाडि भने, ‘मिडिया क्रि’टिक गर्ने गरी नियमित स्तम्भ राख्ने विषयमा पनि कुनै संस्थाले अगुवाइ गरेको देखिन्न । यो अहिलेको स्थितिमा आवश्यक भइसकेको छ ।’

सञ्चारविज्ञ खरेलले युट्युबरलाई पत्रकार मान्न नसकिने बताए । ‘म त द’र्ता नभएका माध्यमलाई सामाजिक सञ्जाल भन्छु, उनीहरु कतिपय व्यवहारमा पत्रकार होइनन्, तर, प्राविधिक रुपमा प्रे’स पास पनि पाएका होलान्’, खरेल भन्छन्, ‘त्यसमा क’डा नियमन हुनु आवश्यक छ ।’ यस विषयमा ठूला सञ्चारगृहले एकआपसमा छ’लफल गर्नुपर्ने खरेलको सुझाव छ ।

प्रेस काउन्सिलका कार्य’वाहक अध्यक्ष किशोर श्रेष्ठ पनि युट्युबरलाई पत्रकार मान्न तयार छैनन् । ‘युट्युब र समाजिक सञ्जालमा आउने विषय देशको सिस्टम र म’र्यादाप्रति संवे’दनशील देखिँदैनन्’, श्रेष्ठ भन्छन्, ‘केही विषय देख्नेवित्तिकै फ्याट्टै टि’प्पणी गर्ने र अर्काबारे न्याया’धीश बन्ने जस्ता कार्य देखिन थालेका छन्, जसले सामाजिक सौहा’र्दतालाई भाँ’डिरहेको छ ।’

जसले धेरै गा’ली गर्न सक्यो, त्यो हिट हुने परम्परा देखिएको बताउँदै श्रेष्ठले भने, ‘युट्युब र भी’ड कुनै पनि विषयमा जिम्मेवार देखिँदैन । यो त गा’ली गरेर पैसा कमाउने धन्दा रहेछ ।’ यसले घरघरमा प’क्ष र वि’पक्ष बनाएर झ’गडा लगाएको उनी बताउँछन् ।

प्रेस काउन्सिलमा अनलाइन मिडियासम्बन्धी विषय हेर्नलाई छुट्टै कानून नभएको बताउँदै उनले भने, ‘पोहोर सरकारले हामीलाई गरेको पत्रका आधारमा अनलाइनलाई हामीले हेरिरहेका छौं । तर, सामाजिक सञ्जालको निय’मन पनि अत्य’न्त ज’रुरी देखिइसकेको छ ।’

हातहातमा भएको मोबाइलले छाडात’न्त्र ल्याएको बताउँदै श्रेष्ठले भने, ‘सरकारले समेत आ’जित भएर सूचना प्रविधि सम्बन्धी विधयेक ल्याइसकेको छ । पारित नभएर अ’ड्किएको छ, यो पास भइसक्दा धेरै हदसम्म निय’न्त्रण हुन्छ भन्ने मलाई लाग्छ ।’ सामाजिक सञ्जा’ल पनि नेपाल दर्ता नहुँदा नियम’नमा स’मस्या हुने गरेको श्रेष्ठ बताउँछन् ।

प्रहरी भन्छ– अफ’वाह फैलाउने समाति’न्छन्

नेपाल प्रहरीको सा’इबर अप’राध ब्युरो (सीसीबी) ले पनि सामाजिक सञ्जालमा भ्रा’मक विषय लेख्नेविरु’द्ध निग’रानी बढाएको जनाएको छ । ब्युरोका प्रमुख विकास श्रेष्ठले भ्रा’मक कन्टेन्ट राख्ने वेवसाइट र युट्युब च्यानललाई निग’रानीमा राखिएको बताए ।

‘पत्रकारको हकमा पनि प्रेस काउन्सिलले हेर्ने भन्ने प्रा’वधान छ । हामीले काउन्सिलसँग पनि यस विषयमा छलफल गरेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले भने, ‘यसअघि केही व्यक्तिविरु’द्ध का’रवाही पनि भएको छ ।’

जिल्ला प्रहरी कार्यालय, चितवनले पनि लामिछाने प्रकरणमा अफ’वाह फैलाउने किसिमले सामग्री राख्ने अनलाइन र युट्युब च्यानलको सूची तयार पारिएको जनाएको छ । ‘हामीले घर, ठेगानासमेत प’त्ता लगाएर खोजी गरिरहेका छौं, कतिपय घरै छाडेर भागेको पनि देखिएको छ’, चितवन प्रहरी प्रमुख मल्ल भन्छन्, ‘कतिपयले अहिले सागाम्री डि’लिट पनि गरेका छन् । तर, हाम्रो निग’रानीमा रहेका व्यक्ति भागेको भए पनि मु’द्दा द’र्ता हुन्छ ।’

प्रहरीको महागनरीय अप’राध अनु’सन्धान महाशाखाले मंगलबारमात्रै प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई गा’ली गरेको आ’रोपमा बाराबाट सागर मैनालीलाई प’क्राउ गरेको थियो । उनीविरु’द्ध विद्युतीय कारोबार ऐन अन्तरगतको कसू’रमा का’रवाही गर्ने तयारी महाशाखाको छ ।

त्यसअघि रवि लामिछानेलाई प’क्राउ गरेको भन्दै फेसबुकमा काठमाडौं प्रहरी प्रमुखलाई ‘रिप’ लेखेको आ’रोपमा अछामको मंगलसेनबाट रिदम बीसी प’क्राउ परेका थिए । उनी एसएसपी उत्तमराज सुवेदीलाई माफी मागेर अबदेखि त्यस्तो ह’र्कत नगर्ने कागज गरेर छु’टेका छन् । याे समाचार अनलाइन खबरले तयार पारेकाे हाे ।

सम्बन्धित खवर

Back to top button