‘म प्रहरीबाटै असु’रक्षित महशुस गर्दै छु’
काठमाडाैं : शालिकराम आत्मह’त्या प्रक’रणमा हिरा’सतमा रहेका रबि लामिछाने अशु’रक्षित रहेको बताएका छन् । रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुकमा लेखिएको स्टाटस मा भनिएको छ-पाँचौ दिन सम्म मैले प्रहरी सँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु । आफुलाई प्रहरी ले सु’नियोजित रुपमा ५ बर्ष नै का’रागारमा राख्न खोजेको समेत रबिले आ’शाका गरेका छन् ।
बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुक मार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्। रविकी श्रीमती पौडेलले आजै महानगरीय अप’राध महाशाखा टेकुपुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सु’साइड नोट अनधिकृत रुपमा बाहिर पुर्याएको भन्दै विद्युतीय कारो’बार ऐनमार्फत् स’जाय मा’गदाबी गर्दै उ’जुरी गरेकी थिइन्। तर प्रहरीले सो उ’जुरी दर्ता नगरेपछि रविले पौडेलको फेसबुक मार्फत केही प्रश्न समेत उठान गरेका छन्।
रबि लामिछानेको तर्फबाट निकिता पौडेलको फेसबुक वालमा लेकिएको स्टाटस जस्ताको तेस्तै : ‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुस’न्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरा’सतमा रहँदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि । म,र मेरा सहकर्मी युवराज कंडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की ‘रुकु’को बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्ल’नता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्या’द थप्दै प्रहरीले चलाएको क’दम हामीलाई फसा’उँने गरी सु’नियोजित र निय’तपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।
पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असु’रक्षित भएको महसुश गरेको छु । बयानका लागि मेरा भनाई समावेश गरिरहँदा म हिरा’सतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको ब’र्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दा’बी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लि’क गरियो भन्ने बिषयमा अनुस’न्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ?
र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ? तसर्थ अन्य तर्फको अनुस’न्धान अगाडी बढाउँनु पर्नेमा अनुस’न्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसा’उँने निय’त सहित समय ल’म्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असु’रक्षित रहेको महसुश गरेको हुँ ।
यो घट’नालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थु’न्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तक हरुलाई म के भन्न चाहन्छु भने मलाई हिरा’सतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्ल’नता छैन भनेर म प्रमा’णित गर्न सक्छु । ” रवि लामिछाने “ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane