सुतिरहेकै बेला घरमाथिबाट प’हिराे आएर पु’रिए एक वृद्ध

पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पु’रिँदा एक वृद्धको मृ’त्यु भएको छ । बुधबार राति आएको वर्षाका कारण प’हिरोले घर पु’रिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृ’त्यु भएको हो ।

पहिरोले पु’रिएर बेप’त्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सश’स्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृ’तावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ओ’छ्यानामा सुतेकै अवस्थामा पहिरोले पु’रिएको पाइएको थियो ।

मृ’तकको श’वपरी’क्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइँदैछ । रेमबहादुरकी श्रीमती छोरी भेट्न घरबाहिर गएकी थिइन् । वर्षा भइरहेका बेला घरभन्दा माथि रहेकाे सिँचाइ कुलोमा अत्यधिक पानी लगाएका कारण प’हिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ । प’हिरोले घरको सबै भाग पु’रेको र केही भाग बगाएको प्रहरीले जनाएको छ । चालिसेका दुई छोरा र चार छोरी छन् ।

सम्बन्धित खवर

Back to top button