‘भिडियो कन्फरेन्सबाटै मन्त्रिपरिषद्काे बै’ठक’


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विदेश रहेको समयमा पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बै’ठक बस्ने भएको छ। भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बै’ठकका नि’र्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो जाकारी दिएका हुन्।
‘नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ मा सं’शोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बै’ठक बस्न सक्ने व्यवस्था मन्त्रिपरिषद बै’ठकले गरेको छ’ निर्णयमा भनिएको छ। प्रधानमन्त्री धेरै विदेश बस्नुपर्ने भएको अवस्थामा देशका महत्वपूर्ण निर्णयहरू नरोकिऊन भनेर मन्त्रिपरिषद बै’ठकले यस्तो व्यवस्था गरेको बताइएको छ।



सम्भवत नेपालमा यो अभ्यास पहिलो हो। केही समयअघि सिंगापुरमा स्वास्थ्योपचार गरेर नेपाल फर्केका प्रधानमन्त्री केपी शर्मा ओली पुन: स्वास्थ्य परी’क्षणका लागि करिब डेढ साताको समयका लागि आजै मात्र सिंगापुर प्रस्थान गरेका छन्।