‘देउवा, भट्टराई र यादवकाे लम्पसारबाद’

काठमाडौं : नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई र वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादव होटलमा पुगेपछि अहिले आलोचना भैरहेको छ। कुटनीतिक मर्यादा नाघेर बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसिरहेका जयशंकरलाई भेट्न होटलमै पुगेपछि कुटनीतिक प्रोटोकल मिचेको भन्दै देउवा, भट्टराई र यदावको आलोचना भएको हो।

भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमै पुगेको प्रति राप्रपाका अध्यक्ष कमल थापाले देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गरेको आरोप लगाएका छन्। सामाजिक संजाल ट्वीटर मार्फत धारणा व्यक्त गर्दै थापाले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै जयशंकरलाई भेट्न होटलमै पुग्नु लम्पसारवादको नमुना भएको टिप्पणी गरेका छन्।

फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे। यो त अत्ति भयो ‘थापाले ट्वीट गरेका छन्। फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे।’

जयशंकरको योजना यस्तो थियो

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहिबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल‘प्रचण्ड’, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईलाई भेट्ने योजना बनाएका थिए। जस अनुसार उनले सबै पूर्वप्रधानमन्त्रीहरूलाई होटलमा बोलाए। तर कुटनीतिक मर्यादाले होटलमै पुगेर भेट्न नमिल्ने भन्दै प्रचण्ड र माधव नेपालले भेट्न अस्विकार गरे। तर कुटनीतिक मर्यादाको मतलब नगरी समाजवादी नेपालका दुवै अध्क्ष्य र नेपाली कांग्रेसका सभापति जयशंकरलाई भेट्न होटल द्वारिकाजमै पुगे।

सम्बन्धित खवर

Back to top button