जीप दु’र्घटनामा परी एकजनाकाे ज्यान गयाे

काठमाडौं : डडेल्धुरामा बुधबार बिहान भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ। डडेल्धुरा भागेश्वर गाउँपालिका–४ सेरागाडमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो।

भागेश्वर सेरागाडमा म १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ज्यान गुमाउनेमा पाटन नगरपालिका–७ का ६३ वर्षीया मानमतीदेवी चन्द रहेकी छन्। यस्तै सोहि दु’र्घटनामा परी अन्य दुई जना घा’इते समेत भएका छन्।

देवल दिव्यपुरबाट सदरमुकामका लागि छु’टेकाे जीप दु’र्घटना भइकाे हाे । जीप बुधबार बिहान करिव १० बजेतिर दु’र्घटना भएको बताइएको छ। प्रहरीका अनुसार कच्ची सडकको घुम्तीमा अनियन्त्रित भई पछाडि सरेर पल्टिँदा जीप दुर्घटना भएको हो।

घाइतेहरुको अवस्था समस्या रहेको र उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जीपमा सवार अन्य १२-१३ जना भने सकुशल छन्। दु’र्घटना पछि जीप चालक जयराज भट्ट फ’रार रहेका छन्। प्रहरीले उनको खो’जि गरिरहेको छ।

सम्बन्धित खवर

Back to top button