श्रीमतीलाई तीज मनाउन माइत पुर्याएर फर्किएका दिलबहादुर सधैँका लागि विदा भए


काठमाडौं : शुक्रबार बेलुका जीप दु’र्घटनामा परेर एक युवकको नि’धन भएको छ । तिज मनाउन हिँडेकी श्रीमतीलाई माइतीसम्म छो’डेर फर्किएका ३० वर्षीय दिलबहादुर बुढामगरको जिप दुर्घ’टनामा ज्यान गएको हो ।
श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्याएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दु र्घटना हुँदा दिलबहादुर ज्यान गएकाे हाे । जीप दुर्घ’टना हुँदा चालक दिलबहादुर बुढा मगरकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



जीप चालक दिलबहादुर रोल्पा नगरपालिका–१० धबाङका स्थायी बासी हुन् । जीप सडकबाट २ सय मिटर तल माडी खोलामा ख’सेको थियाे । हिमताल यातायात प्रालिको उक्त जीप खोलामा ख’सेको र वर्षाको समयमा पानी सतह बढी भएकाले जीपमा अन्य भए-नभएको अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक थप अनुस’न्धान अघि बढाइएको छ ।