ट्वीटरका मालिक ज्याक डोर्सेकै एकाउन्ट ह्या’क गरेर जातीय द्वे’ष फैलाउने स्ट्याटस आएपछि…

काठमाडाैं  : ट्वीटरका मालिककै ट्वीटर एकाउन्ट ‘ह्या’क’ भएपछि ट्विटरप्रतिकाे विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएकाे छ । शुक्रबार दिउँसो उनको ट्वीटर एकाउन्ट ‘ह्या’क’ भएको बताइएको छ ।

ट्वीटरका मालिक ज्याक डोर्सेको ट्वीटर एकाउन्टबाटै जातीय द्वे’ष फैलाउने किसिमका ट्वीट भएपछि उनकाे ट्विटर एकाउन्ट ‘ह्या’क’ भएकाे थाहा भएकाे हाे । जसबाट सामाजिक हिं’सा भ’ड्काउनसक्ने स्टाटस उनका फलोअर्समाझ सम्प्रे’षण भएका हुन् । तीमध्ये एउटा ट्वीटले नाजी शा’सक एडोल्फ हिटलर निर्दोष भएको दा’वी गरेको थियो ।

यस्तै अफ्रिकन–अमेरिकन र ज्युजहरुविरु’द्ध पनि रंगभे’दी ट्वीट ज्याकको ट्वीटर एकाउन्टबाट सार्वजनिक भएको थियो । साथै ट्वीटर मुख्यालयमै ब’म राखिएको समेत ट्वीट भएको थियो ।

सान फ्रान्सिस्कोस्थित ट्वीटरको ‘कम्युनिकेशन टीम’ले उक्त एकाउन्ट कसरी ह्या’क भयो भन्ने बारे अनुस’न्धान गरिरहेको जनाएको छ । तर पछिल्लो ट्वीटबाट भने उक्त ट्वीटर एकाउन्ट सुर’क्षित भएको सूचना आएको थियो ।

सम्बन्धित खवर

Back to top button