डुब्न थालेकाे भान्जीलाई बचाउन खाेज्दा एक अधिकृतकाे ज्यान गयाे

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत ऋषिकेश निरौलाको पौडी खेल्ने क्रममा डुबेर मृ त्यु भएको छ । निरौला योजना तथा अनुगमन शाखामा कार्यरत थिए ।

परिवारसँग पौडी खेल्न गएका खाँदबारी -१ का ४५ वर्षीय निरौलाको सोमबार सभाखोलामा डरबेर मृ त्यु भएको हो । आफ्नी बहिनी, बहिनीको साथी, भाइ र भान्जीसँग नुहाउन गएका निरौलालाई सँगै भएकाहरुले पाैडी खेल्न नजान्ने भएका कारण बचाउन सकेनन् ।

पौडी खेल्न नजानेर डुब्न लागेकी भान्जीलाई बचाउन खोज्दा निरौलाको ज्यान गएको बहिनी अनिताले बताइन् ।अन्नपूर्ण पाेष्टबाट  ।

सम्बन्धित खवर

Back to top button