पूर्वी नवलपरासीमा ८१ हजार नगद सहित ९ जुवाडे पक्राउ

निशा भण्डारी

कावासोती २२ साउन । पूर्वी नवलपरासी जिल्लामा प्रहरीले बुधबार दिउसो ४:३० बजे ८७ हजार ७ सय नगदसहित ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

कावासोती नगरपालिका – ८ स्थित बुधे तामाङको घरको तेस्रो तलामा तास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा घरधनी बुधे तामाङ सहित प्रकाश भण्डारी, रुद्रबहादुर मल्ल, प्रेमबहादुर थापा, घनश्याम चुवाइ , ईन्द्रदेब पट्टेल, ढकाराम न्यौपाने, कुलबहादुर राना, नन्दलाल बि.क. र श्याम पुर्जा मगर पक्राउ परेको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । उनिहरु बारे अनुसन्धान भैरहेको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारबाही हुने अधिकारिको भनाई छ।

सम्बन्धित खवर

Back to top button