काठमाडौं : कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा ! तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा. पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो । डा. पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाउनुभएका उहाँहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् हुनुभएको थियो ।
व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुशीले श्रीमती सुत्केरी हुने २ महिनाअघिदेखि अस्पतालकै सल्लाहबमोजिम श्रीमती र पहिलो सन्तानको रेखदेखमा तल्लीन हुँदैआउनुभएको थियो । तर त्यस्तो खुशी छाएको ९ महिना पनि नबित्दै कहिल्यै नमेटी पीडा आइलाग्यो । १८ दिनको एउटा नवजात शिशु काखमा समेत लिन पाउनुभएन उहाँहरूले ।
यो पीडा स्त्रीरोग विशेषज्ञ पन्तले भन्दा पनि ग्राण्डीको एनआइसियू विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको हदै सम्मको लापरवाही र व्यवस्थापन पक्षको कमाउधन्दाले दिएको थियो । यस्तै ठम्याई छ मृतक नवजात शिशुका पिता दोर्जेको ।
दोर्जे भावुक हुँदै भन्नुहुन्छ–जुम्ल्याहामध्येको ठूलो बच्चा त्यस्तो लापरवाहीले गुमाउनुपयो भने त्यही ग्राण्डीमाा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटक पटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।’
दोर्जे रोकिनै सक्नुहुन्न । उहाँ खुल्न मात्र चाहनुहुन्छ र थप्नुहुन्छ–२४ सैं घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराइने एनआईसियुमा दोर्जेको दुईट बच्चा अक्सिजनसमेत लाउनु नपर्ने अवस्थामा गत असार २० गते जन्मेका थिए । तर ठूलोमा समस्या आएको देखाई एनआईसीयुमा राखी चाहिने÷नचाहिने अनेक खालका परीक्षण गरियो । तर १७ हौँ दिनमा एकाएक सोही बच्चामा अक्सिजन कम भयो भनी अक्सिजन चलाउने जानकारी गराइयो । त्यसपछिलगत्तै २ घण्टा बित्न नपाउँदै भेन्टिलेटरमा राख्नुपर्ने निर्देशन आयो ।
त्यसको १२ घण्टा नबित्दै बच्चा बचाउन नसकेको भन्ने खबर आयो । दोस्रो बच्चा पनि पीडित छ । एउटा हातको घाउ पाकिसकेको छ भने अर्को हातमा पूरा निलो छ । त्यहाँबाट निशान अस्पताल नलगेको भए सानो बच्चाको पनि त्यही हालत हुने थियो ।
ग्राण्डीले राक्षसी व्यवहार गरेर एउटा बच्चा मारिदियो, अर्कोलाई असक्त बनायो । निशान अस्पतालले भने ग्राण्डीले अत्यन्तै जटिल अवस्थामा पु¥याएको बच्चाको उपचार गरेर सकुशल फर्काइदियो । हाम्रा जीवनमा निशानका चिकित्सकहरु भगवान नै भैदिए ।’आजको समाचारपत्रमा खबर छ ।
आफूहरूलाई जस्तै बज्रपात कसैलाई नपरोस् भनेर शुभचिन्तक र आमसञ्चारमाध्यमहरूले साथ दिइरहेको दोर्जे बताउनुहुन्छ । अस्पताल पक्षले आन्तरिक रुपमा घटना मिलाउन मंगलबार नै आग्रह गरे पनि अस्पताल सञ्चालककै समय नमिलेकाले बुधबार वार्ता रद्द गरेको थियो ।