जब मेयरलाई नै नगरवासीले महिलाको कपडा लगाएर शहर घुमाए

काठमाडाैं : चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले स जाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म शहरमा घुम्न लगाइएको हाे ।

मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको चुनाव जितेपछि जाभियर सेवास्टियन जिमेनेज सान्टिजले नगरवासीसँगको प्रतिवद्धता पूरा गरेनन् । नगरवासी मेयरको कार्यकक्षमा पसेर जाभियर र नगरपालिकाका आर्थिक पाटो हेर्ने संरक्षकलाई महिलाको लुगा लगाउन वाध्य पारेका हुन् । दुवैलाई महिलाको कपडा लगाएर शहर घुमाइएको थियो ।

महिलाको कपडा लगाएर चार दिनसम्म शहरको गल्ली घुम्न वाध्य पारिएका थिए । मेरले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएर घुमेका थिए । मेयरले करिब करोडाैंकाे सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आ रोप शहरवासीले लगाएका छन्।

यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ। यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु समेत पुरा नगरेको आ रोप लगाएका छन्। आ रोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे। वि रोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए।

सम्बन्धित खवर

Back to top button