जंगली च्याउले लियाे आमाकाे ज्यान, छाेरा सिकिस्त

खलंगा : जाजरकाेटमा जंगली च्याउ खाएर एकजनाको ज्यान गएको छ। बारेकाेट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको जंगली च्याउ खाएर ज्यान गएकाे हाे ।

जंगली च्याउ खाएर गम्भीर वि’रामी परेपछि उनलाई उपचारका लागि नेपालगन्ज लिदै गर्दा सुर्खेतको मेहलकुनामा मृ’त्यु भएको बारेकाेट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए ।

अध्यक्ष शाहका अनुसार उनका १४ वर्षीय छोरा युवराज कुमाई समेत सिकिस्त वि’रामी छन् । आमा-छाेरा दुवैलाई उपचारका लागि नेपालगंज लिँदै गर्दा मनमायाकाे बाटोमै मृ’त्यु भएको हो। छोरालाई भने उपचारका लागि नेपालगन्ज लगिएकाे छ।

सम्बन्धित खवर

Back to top button