रवि लामिछानेकाे अबकाे यात्रा नेपाली कांग्रेसतिर ?


काठमाडाैं : न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछाने अब राजनीतिक जीवनमा प्रवेश गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी भैरहेकाे उनी निकट स्रोत बताउँछ । पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्मह’त्या प्रक’रणमा ११ दिनसम्म प्रहरी हिरा’सतमा बसेर रिहा भएका लामिछानेले राजनीतिमा कदम राख्ने संकेत गरिसकेका छन् । हिरासतबाट छुटे लगत्तै पत्रकार सम्मेलन गर्दै रविले आफ्नो प्राथमिकता पत्रकारिता भएपनि राजनीति गर्ने विकल्प खुला रहेको बताए ।
राजनीति गर्ने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको, तर ताल्चा नलागेको बताएका लामिछानेले चितवनमा आयोजित पत्रकार सम्मेलनमा सकेसम्म आफुले राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउन लागिपर्ने जनाए । आफु बेथिति र बिसंगतीलाई पर्दाफास गर्न सञ्चारकर्मबाटै लागिपर्ने, तर कुनै हालतमा अवस्था नसुध्रिएचाहिँ राजनीति गर्ने विकल्प रहेको रविले बताएका छन् ।



रवि निकट स्रोतले भन्यो : ‘उहाँ कांग्रेसमा जानुहुन्छ’ शालिकराम पुडासैनीको आत्मह’त्या का’ण्डमा प्रहरी हिरासत पुगेका लामिछानेविरु’द्ध यो पटक सत्तारुढ (ने.क.पा.) का कार्यकर्ताहरु निकै खनिए ।
बहुमतको संसदीय शक्तिसहित सत्ता चलाएपनि कामभन्दा कुरा बढी गर्ने र अन्ततः जनतालाई निराश बनाउने काम गरिरहेको सत्ताधारी दल नै आफुलाई फसाउन लागिपरेको र सो दलका कार्यकर्ताहरुले निकै अभद्ररअपाच्य प्रतिक्रिया दिएको जानकारी पाएका रवि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाटै राजनीति गर्ने मनस्थितिमा देखिएका छन् ।
रवि निकटस्थहरुका अनुसार राजनीति नै गर्नुपर्ने अवस्था आएमा रवि कांग्रेसमै प्रवेश गर्नेछन् । ‘अहिले नै राजनीतिक मैदानमा प्रवेश गरिहाल्ने मनस्थिति देखाउनुभएको छैन’ लामिछानेका एकजना निकटस्थले भने ‘तर शालिकरामको आत्मह’त्यालाई लिएर आ’क्षेप लगाउने र जे’लमै सडा’उने षड’यन्त्रमा (ने.क.पा.) नेतृत्वको सरकार सा’मेल भएकाले उहाँ लोकतान्त्रिक पार्टी कांग्रेसबाटै राजनीतिमा होमिनुहुनेछ ।’