श्रीलंकाविरुद्ध रित गौतमको अर्धशतकसँगै नेपालले दियाे १६० रनकाे लक्ष्य


काठमाडाैं : श्रीलंकामा बिहिबार देखि सुरु भएको अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आयोजक श्रीलंकासँग आफ्नो पहिलो खेल खेलीरहेको छ ।कोलोम्बो स्थित आर. प्रेमदासा स्टेडियममा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरको इनिंगमा ९ विकेट गुमाएर १५९ रन बनाएको छ । वर्षाको कारण खेललाई ४२ ओभरमा घटाइएको थियो।
नेपालको सुरुवात राम्रो हुन सकेन जुन क्रममा पवन सर्राफ ४ तथा आसिफ शेख ७ रन बनाएर आउट भए । सातौँ ओभरमा २४/२ को स्थितिबाट ओपनर रित गौतम र कप्तान रोहित पौडेलले राम्रो साझेदारी गरे। दुवैले तेश्रो विकेटको लागि ९१ रनको साझेदारी गरे।



५४ रन बनाएका रिट ३० औं ओभरमा आउट भए। उनले ८५ बलमा ४ चौका प्रहार गरे। लगत्तै ४७ रन बनाएर कप्तान रोहित पनि आउट भए। उनले ८० बलमा १ चौका प्रहार गरे। भिम शार्की १ रन बनाएर रन आउट हुँदा श्रीलंका खेलमा हावी भयो।
त्यसपछि नेपालको विकेट पतन सुरु भयो। कुशल मल्ल र कमल सिंह ऐरी समान २/२ रन तथा सागर ढकाल १ रन बनाएर आउट भए। अन्तिममा रासिद खानले अविजित १५ रन बनाए। श्रीलंकाको बलिंगमा दिलशान मदुशंका ( ८-१-२३-३ ) र नाभोद दिनुस्री ( ९-०-२६-३ ) ले समान ३/३ विकेट लिए।
अहिले श्रीलङ्काले व्याटिङ गरिरहेकाे छ । उसले ४.४ ओभरमा २२ रन बनाउँदै एक विकेट गुमाएकाे छ । नेपाल रसिद खानले एक विकेट लिएका हुन् ।
प्रतियोगिता अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा नेपाल र श्रीलंका सहित युएई र बंगलादेश रहेको छ। आजै युएई र बंगलादेश बीच पनि खेल चलीरहेको छ। समुह ‘ए’ मा भारत, पाकिस्तान, कुवेत र अफगानिस्तान रहेका छन्। नेपालले दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ मा तथा तेश्रो खेल युएईसंग सेप्टेम्बर १० मा खेल्नेछ। दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।