‘नेपाललाई छिट्टै भिखारीमुक्त देश बनाउँछु’


काठमाडौं, १३ असोज :नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चाडै नै भिखारीमुक्त देश बनाउने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभागृह हलमा आयोजित कार्यक्रममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने क्रममा यस्तो कुरा बताएका हुन्। उक्त कार्यक्रममा उनले नेपाललाई छिट्टै भिखारीमुक्त देश बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
प्रधानमन्त्री ओलीले भन्छन्, ‘हाम्रो देशलाई छिट्टै नै भिखारीमुक्त देश बनाउँछौं । हामी हाम्रो देशलाई छिट्टै सडक मानवमुक्त बनाउँछौं । दुःख पाएर सडकमा कोही देखिनुपर्दैन ।’,’बेसहारा, अलपत्र स्थितीमा कोही देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस् प्रधानमन्त्री ओलीले बताए सरकारले त्यसको व्यवस्था गर्छ ।’ कोही पनि मान्छे आवास नपाएर, खान नपाएर र बेसहारा भएर सडकमा बस्न सरकारले नदिने बताएका छन।


