विभिन्न कार्यक्रम गरि आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती मनाइँदै


काठमाडाैं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९६६ कात्तिक कृष्ण औंसी, लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका महाकवि देवकोटा १११ औं जन्मजयन्ती आज विभिन्न साहित्यक कार्यक्रमको आयोजना गरि मनाइने भएको हो ।
दश वर्षको उमेरबाटै साहित्य रचना सुरु गरेका महाकवि देवकोटाका थुप्रै महाकाव्य, ख’ण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समा’लोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्तावा’दी, प्र’गतिवादी धाराका प्र’वर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधा’रका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।



नेपाली नाट्यसम्राट बालकृष्ण समले मुनामदन, शाकुन्तल महाकाव्य र पाग’ल कवितासँगै देवकोटाको तीनपटक जन्म भएको अभिव्यक्ति दिएका थिए । नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचार-प्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी ख’ण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अ’द्भुत क्षमता थियो । उनको ख’ण्डकाव्य ‘मुनामदन’ नेपालमा धेरै बिक्री भएको साहित्यिक कृति मानिन्छ ।