स’नसनीपूर्ण तथ्य सार्वजनिक: संसारका यी ठूला सहरहरू सन् २०५० सम्म समुद्रमा डु’ब्नेछन्


काठमाडौंं : संसारका ठूला सहरहरू सन् २०५० सम्म समुद्रमा डु’ब्ने स’नसनीपूर्ण तथ्य सार्वजनिक भएको छ । समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटि’ने र अहिलेसम्म अनु’मान गरिएभन्दा तीन गुणा बढी मानिस प्र’भावित हुने एक अनुस’न्धानले यस्तो तथ्य सार्वजनिक गरेको हो ।
वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निस्केको हो। एक वैज्ञानिक ‘जर्नल’ मा मंगलबार प्रकाशित उक्त अ’ध्ययनको निष्कर्ष अनुसार सन् २०५० सम्म संसारभरका १५ करोड मानिसको समुद्री सतह वृद्धिका कारण उ’ठिबास हुनेछ। विश्व मानचित्रबाट पूर्ण रूपमा नामे’ट हुने तटीय क्षेत्रमा भियतनामको दक्षिणी भूभाग प्रमुख छ।
आवरण तस्बिरमा देखाइएको पहिलो नक्साअनुसार सन् २०५० सम्म दक्षिणी भियतनामको तटीय क्षेत्र मात्र समुद्रीमुनि डु’ब्छ भन्ने अनुमा’न थियो। नयाँ स्याटलाइट नक्साअनुसार यो शताब्दीको मध्यसम्म दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको दक्षिणी भू–भाग लगभग पूर्ण रूपमा पानीमुनि हुनेछ।



यसले भियतनामका दुई करोडभन्दा बढी मानिस प्र’भावित हुनेछन्। यो भनेको कुल जनसंख्याको एकचौथाइ हो। अहिले जमिनमा बसोबास गरिरहेका ती दुई करोडभन्दा बढी भियतनामीको घरखेत सबै विश्वनक्साबाट हरा’उनेछ।
भियतनामको आर्थिक के’न्द्र हो ची मिन सहरको ठूलो भू–भागसमेत समुद्रमुनि डु’ब्ने अनुस’न्धानले देखाएको छ।
अमेरिकाको न्यूजर्सीस्थित विश्व जलवायुमा काम गर्ने संगठन ‘क्लाइमेट सेन्ट्रल’ ले गरेको अनुस’न्धानको निष्कर्ष ‘नेचर कम्युनिकेसन्स’ नामक जर्नलमा प्रकाशित छ। प्रभावित हुने प्रक्षे’पण अहिलेको जनसंख्याका आधारमा गरिएको हो।
बढी प्रभावित हुने मुलुकको सूचीमा थाइल्यान्ड पनि पर्छ। यो देशको मध्यक्षेत्रमा बसोबास गर्ने १० प्रतिशतभन्दा बढी जनता सन् २०५० सम्म घरबारवि’हीन हुनेछन्। उनीहरू बस्ने भूमिलाई थाइल्यान्डको खाडीले नि’ल्नेछ। विगतमा एक प्रतिशत जनता मात्र प्र’भावित हुन्छन् भनी आक’लन गरिएको थियो।
थाइल्यान्डको राजधानी बैंकक सबभन्दा बढी प्र’भावित हुने सहरमा पर्छ। बैंककमा बस्ने राष्ट्रसंघीय जो’खिम न्यूनी’करण विभागका अधिकारी लरेट हेबरका अनुसार जलवायु परि’वर्तनले ठूला सहरहरूलाई विभिन्न रूपमा प्र’भाव पार्छ। अहिले घना मानव ब’स्ती रहेको क्षेत्र पानीमा डु’बेपछि औद्योगिक तथा व्यापारिक गतिविधिहरू ठ’प्प हुनेछन्।
खेतीपाती हुँदै आएको जमिन न’ष्ट भएपछि किसानहरू रोजगार खोजीमा सहर पस्नेछन्। यसले सहरी क्षेत्रको रोजगार सिर्जनामा थप चाप पर्नेछ।
चीनको प्रमुख आर्थिक केन्द्र तथा एसियाकै वित्तीय राजधानी सांघाई पनि समुद्री सतह वृद्धिको उच्च जो’खिममा छ।
पछिल्लो अनुस’न्धानअनुसार सन् २०५० सम्म सांघाईको मध्यभाग र वरपरका साना सहरहरू समुद्रको च’पेटमा पर्नेछन्। यसबाट ११ करोडभन्दा बढी मानिस प्र’भावित हुने अनुस’न्धानले देखाएको छ। चीनले यो जो’खिम कम गर्न समुद्री तटमा पर्खाल तथा अन्य बाँ’ध निर्माण गर्न ठूलो रकम खर्च गरिरहेको क्लाइमेट सेन्ट्रलका प्रमुख बेन्जामिन स्ट्रसले बताएका छन्।
‘समुद्री सतह वृद्धिको जो’खिमबाट बच्ने हो भने चीनले जतिसक्दो छिटो सांघाईलाई सु’रक्षित गरिसक्नुपर्छ,’ उनले भने।
उनका अनुसार बलियो सु’रक्षा व्यवस्था अपनाउँदा पनि जलवायु परिव’र्तनको जो’खिम पूरै निमिट्या’न्न पार्न असम्भव छ। सु’रक्षा बाँ’धहरू लगाएर समुद्रबाट टाढाका केही भू–भाग जोगाउन सके तटीय क्षेत्र जो’गाउन मुश्कि’ल पर्ने उनले बताए।
भारतको वित्तीय राजधानी मुम्बईले पनि समुद्री सतह बढेर ठूलो भू–भाग गु’माउन सक्ने वैज्ञानिकहरूको प्रक्षे’पण छ। संसारकै धेरै जनसंख्या भएका सहरमध्ये पर्ने मुम्बईको मध्यभागको ऐतिहासिक क्षेत्र पानीमा डु’ब्ने जो’खिम बढी छ।
जो’खिम कम गर्न भित्री मुम्बईका जनतालाई आन्तरिक रूपमा स्था’नान्तरण गराउन वैज्ञानिकहरूले सुझाएका छन्।
‘हामीले सं’केटको घन्टी ब’जाउने प्रया’स गरेका हौं,’ बसाइँसराइसम्बन्धी अन्तर्राष्ट्रिय संगठनका डिना इयोनोस्कोले भने, ‘सं’कट छिट्टै आउँदैछ भन्ने हामीलाई थाहा छ।’ जो’खिमग्र’स्त जनतालाई आन्तरिक स्थानान्त’रण गराउने हो भने आधुनिक मानव इतिहासमा प्राकृतिक कारणले उत्पन्न सबभन्दा ठूलो बसाइँसराइ हुने उनको अनुमान छ।
समुद्री सतह वृद्धिले विश्वका परम्परागत सांस्कृतिक सम्पदा स्थलहरू पनि धराश’यी हुनेछन्।
उदाहरणका लागि, अलेक्जेन्डरले ईशापूर्व ३३० मा स्थापना गरेको इजिप्टको अलेक्जेन्ड्रिया विश्वनक्साबाट पूरै लो’प हुनेछ।
यति मात्र होइन, इराकको दोस्रो ठूलो सहर बासराको ठूलो क्षेत्रफल पनि सन् २०५० सम्म समुद्रमुनि डु’ब्नेछ। यो सहर डु’ब्नु भनेको इराक मात्र प्र’भावित हुने होइन। बासरा डुबुञ्जेल इराकको सीमावर्ति सहरहरू सबै समुद्रका छा’लले नि’लिसकेका हुने छन्।
‘समुद्री सतह वृद्धिले मध्यपूर्वी क्षेत्रको सामाजिक तथा आर्थिक अस्थिरतालाई थप बढावा दिन सक्छ, जसले यस क्षेत्रमा नयाँ सश’स्त्र द्व’न्द्व र आ’तंकवादलाई प्र’श्रय दिनेछ,’ वासिङ्टनस्थित अनुस’न्धान समूह सेन्टर फर क्लाइमेट एन्ड से’क्युरिटीको परा’मर्शदाता समूहका सदस्य जनरल क्यासटेलले भने।