प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवा’र्ता


काठमाडौं : प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच आज भेटवा’र्ता भएको छ । आज दिउँसो नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवा’र्ता भएको हो।
काठमाडौंमा बुधबार दिउँसो राष्ट्रपति हमिदसँग भेट गर्दै प्रधानमन्त्री ओलीले द्विपक्षीय हितका बारेमा कुराकानी गरेको बताइएको छ । राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण व्यक्तिसँग उनले भेटवा’र्ता गरेका छन् ।



बुधबार नै राष्ट्रपति हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति देउवा र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवा’र्ता गरेका थिए। राष्ट्रपति हमिद मंगलबार नेपाल आएका हुन्। उनी शुक्रबार स्वदेश फर्कनेछन्।