नेपाली भूमिबाट आफ्ना से’ना फिर्ता लिन भारतलाई प्रधानमन्त्रीको आ’ग्रह
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रबाट आफ्ना से’ना हटा’उन भारतलाई आ’ग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो से’नालाई नेपाली भूमिबाट ह’टाउन र अति’क्रमित भूमि फिर्ता गर्न भारतलाई आ’ग्रह गरेका हुन् । आइतबार नेकपाको भातृसंग’ठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रबाट भारतीय से’ना फिर्ता लैजान भारतलाई आ’ग्रह गरेका हुन् ।
कतिपयले नक्सा सच्चाउन भनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अति’क्रमित भूमि फिर्ता ल्याउने समेत बताए । ‘अहिलेको सरकार सं’वाद गर्न नसक्ने होइन, इतिहासले देखाइसकेको छ, सरकारले सं’वादको माध्यमबाट सीमा स’मस्या समा’धान गर्छ, कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन ।’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो, नक्सा त प्रे’समा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’
उनले नेपालको जमिनबाट भारतीय से’ना फिर्ता लैजान भन्दै नेपाली भूमिमा से’ना राख्ने पनि बताए। ‘हामी हाम्रो जमिनबाट से’ना फिर्ता लैजानुस् भन्छौं र त्यहाँ हाम्रो से’ना राख्छौं,’ प्रधानमन्त्रीले भने, ‘हामी विश्व शान्तिमा लागेका छौं’ शान्ति से’नामा से’ना पठाएर, अरुको र’क्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।’ भारतले जा’री गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपाली जनताले भारतको वि’रोध गरिरहेका छन् ।