सं’कट व्यवस्थापनका लागि त्रिवि र जापानकाे कानागावा विश्वविद्यालयबीच स’म्झाैता

काठमाडाैं : त्रिभुवन विश्वविद्यालय र जापानकाे कानागावा विश्वविद्यालयबीच ‘सं’कट व्यवस्थापन’ मा अध्ययन अध्यापन गराउने स’म्झाैता भएकाे छ । ‘सं’कट व्यवस्थापन’मा अध्ययन अध्यापन गर्न स्नातकोत्तर र विद्यावारिधिका लागि नेपालको इन्स्टिच्युट् अफ् क्राइसिस म्यानेजमेन्ट स्टडिज् (आईसीएमएस) र जापानको कानागावा विश्वविद्यालयबीच सम्झाैता भएकाे हाे ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट् अफ् क्राइसिस म्यानेजमेण्ट स्टडिजबीच उक्त सम्झौता भएको हो । आज आईसीएमएसले काठमाण्डौमा पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी गराएको हो । समझदारीअनुसार इन्स्टिच्युट् अफ् क्राइसिस म्यानेजमेण्ट स्टडिजमा सं’कट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् । पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले स’म्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै सं’कट व्यवस्थापनका विषयमा संयुक्तरुपमा अध्ययन अनुस’न्धान गर्न सजिलो हुने बताए ।

डाक्टर तुलाधरले कलेजले विद्यावारिधि पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधि गर्न चाहनेका लागि स’म्झौताले बाटो खुला गरेको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसीएमएसले सं’कट व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको छ ।

सम्बन्धित खवर

Back to top button