प्रचण्डविरुद्ध जेष्ठ नागरिकको प्र’दर्शन


कास्की : पोखरामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’विरु’द्ध ज्येष्ठ नागरिकहरुले प्रद’र्शन गरेका छन् । कास्की २ का कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ल’क्षित गर्दै बृद्धबृद्धालाई अपमा’नजनक ढंगले हो’च्याउने अ’भिव्यक्ति दिएपछि आज बिहीबार ज्येष्ठ नागरिकले प्रचण्डविरुद्ध प्ले कार्ड देखाएर प्रदर्शन गरेका हुन् ।
जेष्ठ नागरिकका प्रतिनिधी पात्र रहेका कास्की २ का कांग्रेस उम्मेदवार पौडेललाई देव’घाट जाने उमेरमा सासंदको उम्मेदवार बनाएको अभिव्यक्ति दिएका प्रचण्डबिरुद्ध उनीहरुले प्लेकार्ड सहित पोखराको चिप्लेढुङगामा प्रद’र्शन गरेका हुन्। बुधबार दिउँसो नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस उमेदवार पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर क’टु टि’प्पणी गरेपछि उनी जेष्ठ नागरिकमाझ आ’लोचित भएका हुन्।



अन्तिम चुनावी सभालाई सम्बोधन गर्दैगर्दा पोखराका कांग्रेस उमेद्वार पौडेल बिरु’द्ध बोल्ने क्रममा प्रचण्डले बृद्धबृदा उमेर समूहका व्यक्तिहरुप्रति लक्षि’त हुने गरि उनले देवघा’ट जाने समयको मानिसलाई उम्मेदवार बनाएको भनेर खि’ल्लीमा उडा’एका थिए। खेमराजलाई उनले खि’ल्लीमा उ’डाउँदा उनीसँगै सभामा रहेका नेकपाका कार्यकर्ताहरुले पनि हाँसेर खि’ल्लीमा उ’डाएका थिए।
बृद्धबृद्धालाई मतका रुपमा मात्र प्रयोग गर्ने तर उनीहरुप्रति यस्ता खि’ल्ली उडा’उने शब्द प्रयोग गरिएपछि रि’साएका जेष्ठ नागरिकहरु चिम्लेढुङगामा स्वतस्पूर्त जम्मा भएर प्रचण्ड अभिव्यक्तिको वि’रोध गरेका थिए। करिव डेढ सयको हा’राहारीमा रहेका जेष्ठ नागरिकरुहरुले प्रचण्डलाई सोधेका थिए, ‘तिमि कहिल्यै बृद्ध हुदैनौ?’
विभिन्न बृद्धाश्रम र विभिन्न घरबाट आएका जेष्ठ नागरिकहरुले प्रचण्डको अभिव्यक्तिले बृद्धबृद्धाहरुको मन दुखाएको भन्दै आ’लोचना गरेका थिए। उनीहरूले बृद्धबृद्धा विरो’धी प्रचण्ड मु’र्दावाद लगायतका प्लेकार्ड प्र’दर्शन गर्दै करिव आधा घण्टा मौन प्रद’र्शन गरेका थिए।
बि’रामी अवस्थामा रहेका प्रधानमन्त्रीलाई आरा’म दिन नेकपालाई सुझा’व दिदै आएका कांग्रेस नेता गगन थापालाई इंगित गर्दै प्रचण्डले मंगलबार पोखराको चुनावी सभामा भनेका थिए, “हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बुढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई, ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ ?’
७० पनि नपुगेका प्रधानमन्त्री मृगौला फेरि दोस्रो पटक मृगौलाको उप’चारमा छन्। प्रधानमन्त्री ओली यतिबेला अनेक सं’क्रमणबाट जु’ध्दै अस्पतालमा सं’घर्षरत छन् । प्रधानमन्त्री ओलीभन्दा जेठा खेमराज अहिले पनि दैनिक हिड्दै घरघरमा मत माग्न पुगिरहेका छन्। खेमराजले बुधवार नै प्रचण्डलाई सामाजिक स’ञ्जाल ट्वीटरबाटै बुधवार ज’वाफ फर्काएका थिए। उनले पहिला संसदमा भेट हुने त्यसपछि सँगै देवघा’ट पनि जाने भन्दै प्रचण्डले जेष्ठ नागरिकप्रति दिएको अभि’व्यक्तिको क’डा जवाफ दिएका थिए।
उनै पौडेललाई देवघा’ट जाने उमेर भनेर जेष्ठ नागरिकप्रति अनुदा’र टि’प्पणी गर्ने प्रचण्डको वि’वादित अ’भिव्यक्ति पछि उनलाई पाठ पढाउन कांग्रेस प्रव’क्ता विश्वप्रकाश शर्मा मैदानमा उ’त्रिएका छन्। उनले प्रचण्डलाई ट्विटरमार्फत जवाफ फर्काउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको उचाई र उमेरले चुनावी सभामा उम्मेदवार पौडेलमाथि गरेको टि’प्पणी शोभनीय नभएको बताएका छन् । “कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ?,” प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।
उनले अमेरिकामा ७० नाघेका डोनाल्ड ट्रम्प राष्ट्रपति र ७० कै हाराहारीका केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बन्दा सोही उमेरका पौडेल सांसद बन्न किन नमिल्ने भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । प्रव’क्ता शर्माले प्रश्न गर्दै भनेका छन्, “७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?”