आज उपनिर्वाचन, ५२ पदका लागि मतदान हुँदै

काठमाडौं : आज देशभर उपनिर्वाचन हुँदै छ । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा उपनिर्वाचन हुँदै छ। ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ। उपनिर्वाचनका लागि सु’रक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्ध’क्क भएर मतदान गर्न आयोगले मतदातालाई आ’ह्वान गरेको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भ’वती, सु’त्केरी, ज्येष्ठ नागरिक, अ’शक्त वा बि’रामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई नि’र्देशन दिएको बताए।

दृष्टिविही’न वा शारीरिक अश’क्तता भएका मतदाताले आफैं मत संके’त गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था छ। आज हुने उपचुनावमा गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ प्रतिनिधि सभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभाको उपचुनाव हुन लागेको हो। त्यस्तै धरान उपमहानगरमा नगरप्रमुखका लायगि, फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्षको चुनाव हुँदै छ। त्यस्तै, हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको चुनाव हुन लागेको हो। विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि आज मतदान हुँदै छ।

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान के’न्द्र तोकिएकोमा प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान के’न्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान के’न्द्र तोकिएको छ।

सम्बन्धित खवर

Back to top button