भक्तपुरमा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले विजयी

भक्तपुर : भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३४४८ मत ल्याएर विजयी भएका हुन् । उनका नेकपाका उम्मेदवार डि पि ढकालले ११२०६ मत ल्याए। भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे।

यो क्षेत्रमा यसअघि तत्कालिन वामगठब’न्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।

उक्त निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजूले ७ हजार १९, नेकपा माओवादी केन्द्रका डि पि ढकालले ७ सय ८४, विवेकशिल साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४८५ मत प्राप्त गरेका थिए।

प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निध’न भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।

सम्बन्धित खवर

Back to top button