सुदूरपश्चिमका ७ वडामध्ये ५ मा नेकपा र २ मा कांग्रेस विजयी
डाेटी : सुदूरपश्चिममा स्थानीय तहका लागि भएकाे उपनिर्वाचनमा ७ ओटा वडामध्ये पाँचमा नेकपा तथा दुईमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शनिबार सम्पन्न भएकाे उपनिर्वाचनपछि भएकाे मतपरिनाम अनुसार ७ वडामध्ये ५ मा नेकपा उम्मेदवार र दुईमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा नेकपाका रामबहादुर बोहरा, कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा नेकपाका कृष्णबहादुर तामाङ, अछामको मेल्लेख गाउँपालिका-५ मा नेकपाका रमेश खड्का, बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा निर्वाचित भएका हुन् ।
त्यस्तै बैतडीकाे दोगडाकेदार गाउँपालिका-४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका-४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका-१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएकाे निर्वाचन आयाेगकाे कार्यालय जनाएको छ । पुरचौडी नगरपालिका-४ मा नेकपाका शैलेन्द्र धानुक १०५ मत बढी लिएर विजयी भएका थिए ।