साग क्रिकेट: नेपाल बंगलादेशसँग पराजित


काठमाडौं : नेपालमा जा’री १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको हो । बंगलादेशले दिएको १५६ रनको लक्ष्य नेपालले ९ विकेट गुमाउँदै १११ रन बनाएको हो ।
बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको नेपाल ४४ रनले पराजित भएको हो। नेपालले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्रै जोडेको थियो ।



यो सँगै नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ । यद्यपि तेस्रो पोजिसनको लागि भने खेल्ने छ ।
यस्तै महिला क्रिकेटतर्फ नेपालले मालदिभ्ससँग प्रति’स्पर्धा गरिरहेको छ। पोखरा क्रिकेट मैदानमा खेल चलिरहेको छ। तीन खेलमध्ये १ मा जित र दुईमा हार ब्यहोरेर नेपाली महिला टीम अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। मालदिभ्स तीनै खेलमा हा’र ब्यहोरेर तालिकाको पुच्छारमा छ।