माल्दिभ्सविरु’द्ध नेपालको जीत

काठमाडौं : नेपालमा जा’री १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई परा’जित गरेको छ । आज दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले प’राजित गरेको हो ।

पहिलो हाफमा माल्दिभ्सले बराबरी खेलेपनि नेपालले दोस्रो हाफको सुरुमै अग्रता लिएको थियो । ५२ औं मिनेटमा नेपालले पाएको कर्नर कि’कलाई नेपालले सदुपयोग गर्दै रोचक गोलमा परि’णत गरेको हो। नेपालका लागि सुनिल बलले प्र’हार गरेको कर्नर कि’कलाई अनन्त तामाङले हेडमार्फत् सुन्दर गोल गरेका हुन्। यही गोल नै नेपालका लागि जितका लागि काफी बन्यो ।

पहिलो हाफमा माल्दिभ्सले १९औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो। माल्दिभ्सका लागि इब्राहिम हुसेनको गोलबाट लिएको अग्र’तालाई अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए।

आफ्नो घरेलु मैदान त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अभिषेकले उत्कृष्ट गोल गर्दै ४३ औं मिनेटमा माल्दिभ्सलाई १-१ को बराबरीमा रो’केका थिए। माल्दिभ्सको अग्र’तालाई तो’ड्दै नेपालले अग्रता लिएपछि खेल रोचक बनेको थियो । शनिबारको खेल भएकाले घरेलु मैदानमा नेपालले दर्श’कको साथ पाएको थियो।

सम्बन्धित खवर

Back to top button