वडा कार्यालय फुटाएर रकम लुटपाट

कोहलपुर

२०७६पुस ९
अज्ञात समूहले गुल्मीस्थित मालिका गाउँपालिका–७ को वडा कार्यालय फुटाएर रकम लुटपाट गरेको छ। मंगलबार राती वडाध्यक्षको कार्याकक्षसहित वडा कार्यालय भवनका अन्य कोठाहरु पनि फुटाएर लुटपाट मच्चाएको हो। वडा कार्यालय तोडफोड भएको जानकारी पाएपछि अहिले जनप्रतिनिधिहरु त्यसतर्फ जाँदैछन्। आवश्यक अनुसन्धान गर्न मुर्भुङ्ग प्रहरी चौकीबाट पनि प्रहरीहरु घटनास्थलमा पुगेका छन्।   क्षतिबारे स्पष्ट जानकारी आइसकेको छैन।

 

सम्बन्धित खवर

Back to top button