प्रधानमन्त्री ओली डायलासिसका लागि नियमित अस्पतालमा


कोहलपुर
२०७६,पुस ११
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसको लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्। बिहान १०:३० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली अहिले पनि अस्पतालमै रहेको अस्पताल स्रोतले जनाएको छ। यसअघि मनमोहनमा एपेन्डीसाइटीसको शल्यक्रिया गरेर फर्केका प्रधानमन्त्री ओलीको पछिल्लो समय मिर्गौलाको काम गर्ने क्षमता कम भएपछि नियमित डायलासिस गराउँदै आएका छन्। प्रधानमन्त्री ओलीको यो ११ औँ पटकको डायलासिस हो।


