आज विश्व रेडियो दिवस,विभिन्न कार्यक्रम गरि मनाइदै

कोहलपुर

२०७६,फागुन १

बिहण्क परियार(बिजय)

 

आज विश्व रेडियो दिवसमा विभिन्न कार्यक्रम गरि मनाइदै छ। रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ । नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा रेडियो सुरु भएको हो ।

सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो । यस्तै २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो । नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको सङ्ख्या सात सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button