प्रजातन्त्र दिवसमा दाङका २ कारागारबाट २० कैदि छुटे


कोहलपुर
२०७६,फागुन ८



बिहण्क परियार(बिजय)
दाङका २ कारागारबाट २० जना कैदि प्रजातन्त्र दिवसको अबसरमा छुटेका छन् ।
कारागारमा असल चालचलन देखाउने र ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदिहरुलाई राष्ट्रपतीले कैद मिनाह गर्ने प्रचलन रहेको छ । दाङका घोराही र तुलसीपुर कारागारबाट सिफारिस भएका २० जना कैदीहरु आज छुटेका छन् । घोराही र तुलसीपुर कारागारबाट १० ÷ १०जना कैदीहरुको कैद मिनाह भएको हो । घोराहीबाट कैद मिनाह भएको, जेलर विष्णुप्रसाद पाण्डेयले जानकारी दिएका छन भने तुलसीपुर कारागारबाट जेलर युवराज परियारले जानकारी दिए ।