तालाबन्दी वडा कार्यालय सार्ने निर्णयको विरोधमा


कोहलपुर
२०७६,फागुन २३



तुलसीपुर उपमहानगरपालिका–४ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। रक्षाचौर मजुवामा रहेको वडा कार्यालय वनहरीमा सार्न लागेको विरोधमा स्थानीयले फागुन १७ देखि तालाबन्दी गरेका हुन्। लामो समयदेखि भएको तालाबन्दीकाले कामकाज ठप्प भएको छ। वडा कार्यालय सार्न नहुने पक्षसँग नगरप्रमुख घनश्याम पाण्डे र वडाध्यक्ष बालकृष्ण राणाले गत शुक्रबार नै संघर्षसमितिसँग वार्ता गर्ने बताए पनि अहिलेसम् सम्पर्क नगरकेो वडा कार्यालय सार्न नहुने पक्षका संघर्ष समितिका संयोजक ढुण्डीराज खनालले बताए। समितिले वडा कार्यालय वनहरीमा सार्ने निर्णयलाई तत्काल फिर्ता गर्नुपर्ने स्थानीयहरुको माग रहेको उनलेबताए।स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा कार्यालय सार्न नगरसभाको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने भएकाले उल्लेख गर्दै प्रवक्ता डाँगीले अहिले वडा समितिले मात्र निर्णय गरेको बताए।