कपिलवस्तुमा एक पुरुषले महिलामाथि एसिड प्रहार

कोहलपुर

फागुन २५, २०७६

                                 कपिलवस्तुमा एक पुरुषले महिलामाथि एसिड प्रहार गरेका छन्। जिल्लाको महाराजगंज नगरपालिका-१ की बेमदेवी गुप्ताको निधार र शरीरमा सोही ठाउँका हरि नारायण बरईले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। घटना शुक्रबार राति ८ बजे घटेको जनाइएको छ। एसिड आक्रमणबाट गुप्ता घाइते भएकी छिन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनको  थप उपचारको लागि भैरहवा रिफर गरिएको छ। गुप्ताको निधार र शरीरका विभिन्न स्थानमा एसिडको असर गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बरईले क्रिकेट व्याड भाचेको र त्यसको पैसा माग्दा गुप्तामाथि एसिड हानेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button