कालोबजारी गर्ने कसैलाई छोडिदैन कोहलपुर नगरपालिकाकी :उपप्रमुख चौधरी

कोहलपुर

चैत्र ६, २०७६

कोहलपुर नगरपालिकाकी उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जु कुमारी चौधरीले सबै उद्योगि व्यवसायीहरुलाई बजारमा दैनिक उपभोग्य बस्तु,औषधिजन्य सामाग्रिहरु लगायत अन्य अत्यावश्यक वस्तु तथा सेवाहरुको कृतम अभाव तथा कालोवजारी नगर्न नगराउन सवैलाई अपिल गरेकीछन् ।बजारमा कोरोनाको कारण देखाउँदै कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव सृजनागरी कालोबजारी गरिएको पाइएमा कोहलपुर नगरापालिकाले कानून अनुसार कारवाही गर्ने चेतावनी समेत उप–प्रमुख चौधरीले दिएकी छन्। सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर अमानविय कार्य गरेको पाइएमा कानूनको दायरामा ल्याई कारवाही गर्ने चेतावनी चौधरीको छ ।

 

 

सम्बन्धित खवर

Back to top button