दुईसाताका लागि देशभरका सबै अदालत बन्द
कोहलपुर
चैत ७, २०७६
कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द भएका छन्। शुक्रबार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आइतबारदेखि लागू हुनेगरी दुई हप्तासम्म देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो। नेपाल बार एशोसियसनले यसअघि नै सर्वाेच्च अदालतलाई पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित गर्न माग गरेको थियो। अदालतहरू बन्द भए पनि बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथिको सुनुवाइहरुको कामकारबाही भने नरोकिने सर्वाेच्चले जनाएको छ।