प्रधानमन्त्रीले रक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई ह’प्काएपछी…


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग स्पष्टीकरण मागेको स्रोतले जनाएको छ । आफूलाई समेत गुमराहमा राखेर स्वास्थ्य सामग्री खरिदमा अनियमितताको फेहरिस्त तयार पार्न भूमिका खेलेको र आर्थिक लाभलाई केन्द्रविन्दुमा राख्न खोजेको भन्दै प्रधानमन्त्रीले उपप्रधान तथा रक्षामन्त्री पोखरेल र स्वास्थ्य मन्त्री ढकालसँग स्पष्टीकरण मागेका हुन् ।
औ’षधी तथा स्वास्थ्य उपकरण खरिद प्रकरणमा चरम आर्थिक अनियमितताको आ’रोप लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा आफ्नै क्याविनेटका दुई मन्त्रीलाई बोलाएर ह’प्काएको स्रोतले बताएको छ ।



आफ्नै निजी सल्लाहकारहरु, मन्त्रीहरु र स्वास्थ्य सेवा विभागका महानिर्देशकसम्मको संग्लनतामा स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमतिताका लागि योजना बनाएको संकेत पाएपछि ओलीले पोखरेल र ढकाललाई बालुवाटार बोलाएर एकै साथ राखेर खरिद प्रकरणमा भएको के हो ? किन वि’वादमा आयो भन्दै प्रष्टिकरण शैलीमा ह’प्काएका हुन् ।
‘म उस्तै पर्यो भने आफनो अर्काको भन्दिन्, विश्वास गरेकाहरुले नै आफूलाई समेत जानकारी नदिई मनखुसी गर्ने काम किन भयो ? मलाई यस्ता विषय सै’ह्य छैन प्रधानमन्त्री ओलीले पोखरेल र ढकाललाई खरिद प्रक्रियाको यथार्थ बताउन भन्दै आ’क्रोश पोखेको बालुवाटार स्रोतले बतायो ।