भारतबाट आएका एक सय ९० जनाको स्वाब परीक्षण गरिंदै

डडेल्धुरा, २७ चैत्र :  डडेल्धुरामा भारतका बिभिन्न ठाउँवाट आएका १ सय ९० जनाको स्वाब परिक्षण गरिने भएको छ । भारत वाट आई क्वारेन्टीन र घरमा वसेका सहित जिल्लाका सातवटै स्थानिय तहका १ सय ९० जनाको स्वाब परिक्षण गरिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले वताउँनु भयो ।

सुदुरपश्चिममा लकडाउन भए पछि अन्य पहाडि जिल्ला भन्दा डडेल्धुरामा भारतवाट कम मानिस आएका देखिन्छन । जस्का कारण नेपाल सरकारले डडेलधुरा लाई स्वाब परिक्षण गर्ने सुचीमा राखेको थिएन ।

डडेल्धुरा जिल्लामा पनि भारतवाट आएका मानिसहरु भएकाले जोखिम हुन सक्ने भन्दै आग्रह गरेपछि नेपाल सरकारले डडेलधुरा लाई स्वाब परिक्षण गर्ने सुचीमा राखेको प्रमुख जिल्ला अधिकारी जानकारी दिनु भयो । लकडाउँनका समयमा भारतवाट डडेल्धुरा आएकाहरुको स्वाब परिक्षण गरिन थालिएको प्रमुख जिल्ला अधिकारी पन्तले वताउँनु भयो ।

जिल्लामा तिन स्थानवाट स्वाब संकलन गरिने भएको छ । जसमा पर्शुराम नगरपालीकाको शिवसंकर मावि सादनी,त्रिवेणी वहुमुखी क्याम्पस जोगवुढा सहित डडेल्धुरा सदरमुकामा रहेको डडेलधुरा वहुमुखी क्याम्पस बाट स्वाब परिक्षणको नमुना संक्लन हुने प्रमुख जिल्ला अधिकारी पन्तले वताउँनु भयो । आवश्यक सामग्री ल्यार नेपाली सेनाको हेलीकप्टर आउने छ

सम्बन्धित खवर

Back to top button