परीक्षण गरिएका सबैको ‘नेगेटिभ’ रिपोर्ट


जाजरकाेट, २९ चैत : कोरोना भाइरस (कोभिड-१९) को आ’शंका गरि जाजरकाेटबाट परीक्षणका लागि पठाइएका सबै व्यक्तिहरुको थ्रोट स्वाब नमूनाको रिर्पोट ‘नेगेटिभ’ आएको छ ।
भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाका अनुसार कोरोना भाइरस सं’क्रमण परीक्षणका लागि पठाइएका सबैको रिर्पोट ‘नेगेटिभ’ आएको हो ।
उनका अनुसार हालसम्म जाजरकाेट भेरी नगरपालिकाबाट १४ जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।



गत बिहिबार सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले भेरी नगरपालिकाको क्वारेन्टीनमा बसेका २ जना र भारत तथा तेस्रो मुलुकबाट आएका १२ जनाको स्वाब संकलन गरेर सुर्खेत लिएको थियाे ।